रुसद्वारा युक्रेनमाथि ब्यालिस्टिक र क्रुज मिसाईलद्वारा आक्रमण, एयरपोर्ट कब्जा गर्ने प्रयास

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको छ । रुसका राष्ट्रपति भाल्दमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य आक्रमणको आदेश दिएसंगै रुसले युक्रेन माथि आक्रमण थालेको हो ।विश्वभरको समाचारहरु ट्वीटर एकाउन्ट मार्फत जानकारी दिने स्पेकटेटर इन्डेक्सका अनुसार अहिले रुसले  ब्यालिस्टिक र क्रुज मिसाईलद्वारा आक्रमण गरिरहेको छ । युक्रेनका अधिकारीलाई उधृत गर्दै उसले रुसी सेनाहरु बोर्डर पार गरेर युक्रेनको भूमिमा प्रवेश गरिरहेको जनाएको छ । रुसले यस अघि नै सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेको थियो । अमेरिकी सेनेटर मारको रुबियोले रुसले युक्रेनमा रहेको अन्तराष्ट्रिय विमानस्थल कब्जा गर्न खोजेको र त्यही क्षेत्रको आसपास आक्रमण गरिरहेको बताएका छन् । राजधानी किभ र दोस्रो ठूलो शहर खार्किभ लगायतका युक्रेनका विभिन्न भागमा ठूला बिस्फोटका आवाज सुनिएका छन् । अमेरिका लगायतका पश्चिमा देशले भने तुसको कदमको निन्दा गर्दै यसको जिम्मेवारी रुसले नै लिनु पर्ने बताएका छन् । रुसी राष्ट्रपतिले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्रको राष्ट्रको मान्यता  दिएसंगै त्यस क्षेत्रमा आक्रमणको आदेश दिएका हुन्।समाचार संस्था द गार्जियनका अनुसार पुटिनले युक्रेनी र रुसी सेना आमने सामने हुनु अपरिहार्य रहेको बताएका छन्। उनले नेटोलाई युक्रेनको भूमिमा थप अगाडी नबढ्न समेत चेतावनी दिएका छन् । अहिलेको परिस्थितिले रुसलाई निर्णायक कदम लिन बाध्य बनाएको र सैन्य कारवाही जनतालाई बचाउनको लागि रहेको उनले बताएका छन् । उनले युक्रेनीलाई चेतावनी दिदै भनेका छन् 'तिमीहरुको पुस्ताले रुस बिरुद्द लडेका थिएनन् , तिमीहरु पनि हतियार बुझाएर फिर्ता जाउँ, युद्द बह्ये त्यसको जिम्मेवारी युक्रेनले लिनु पर्ने छ' ।  हाल युक्रेनमा संकटकाल घोषणा गरिएको छ ।   साथै जहाज हरुलाई युक्रेनी आकाश भएर यात्रा गर्न प्रतिबन्ध लगाईएको छ । 

सम्बन्धित सामग्री

रूस सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको युक्रेनकाे दावी

काठमाडौं । रूस र युक्रेनबीच बमबारीको होड चलिरहेका बेला एक जना युक्रेनी सैन्य जनरलले रुसले सिंगो युक्रेन कब्जा गर्ने रणनीति बनाएको दावी गरेका छन् । युक्रेनी सेनाका ब्रिगिडियर जनरल ओलेक्सी ग्रोमोभले क्रेमलिन युद्धलाई लम्ब्याउने र दीर्घकालमा सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको बताएका हुन् । उनले रूस युक्रेनलाई युरोप र नेटोसँग जोडिन नदिन कटिवद्ध रहेको […]

सेप्टेम्बरसम्म दक्षिणी युक्रेन पुनः कब्जा गर्छौँ : युक्रेन

फेब्रुअरीको सुरुमा रुसी सेनाको हातमा परेको युक्रेनका दक्षिणी क्षेत्र खेरसनलाई  सेप्टेम्बरसम्म किभको सेनाले पुनः कब्जा गर्ने युक्रेनका एक अधिकारीले दाबी गरेका छन् । ‘हामी भन्न सक्छौँ कि खेरसन क्षेत्र निश्चित रूपमा सेप्टेम्बर सम्म मुक्त हुनेछ, र सबै कब्जाकर्ताहरूको योजना असफल हुनेछ’, खेरसन क्षेत्रका प्रमुखका सहयोगी सेर्गी खलानले युक्रेनी टेलिभिजनसँगको एक अन्तर्वार्तामा भने ।युक्रेनी सेना पश्चिा देशहरुले सहयोग गरेको लामो दूरीको तोपखानाका कारण उत्साहित बनेको र पछिल्ला सातामा दक

दक्षिणी युक्रेन पुनः कब्जा गर्छौ : युक्रेन

किभ – फेब्रुवरीको सुरुमा रुसी सेनाको हातमा परेको युक्रेनका दक्षिणी क्षेत्र खेरसनलाई सेप्टेम्बरसम्म किभको सेनाले पुनः कब्जा गर्ने युक्रेनका एक अधिकारीले दाबी गरेका छन् । ‘हामी भन्न सक्छौँ कि खेरसन क्षेत्र निश्चित रूपमा सेप्टेम्बरसम्म मुक्त हुनेछ र सबै कब्जाकर्ताहरूको योजना असफल हुनेछ’, खेरसन क्षेत्रका प्रमुखका सहयोगी सेर्गी खलानले युक्रेनी टेलिभिजनसँगको एक अन्तर्वार्तामा भने । युक्रेनी […]

लिसिचान्स्क कब्जा गरेको रुसको दाबी, युक्रेन माैन

युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरुप  लुहान्स्क प्रान्तको प्रमुख अन्तिम शहरलाई रुसी सेनाले नियन्त्रणमा लिएको दाबी रुसका रक्षामन्त्रीले गरेका छन् ।

वरिष्ठ रुसी कमाण्डर भन्छन्- ‘पूर्वी र दक्षिणी युक्रेन कब्जा गर्नु रुसको लक्ष्य’

काठमाडौं– रुस पूर्वी तथा दक्षिणी युक्रेनलाई कब्जा गर्ने लक्ष्यमा रहेको एकजना वरिष्ठ रुसी कमाण्डरले बताएका छन् । मेजर जनरल रुस्तम मिन्नेकायेभलाई उद्धृत गर्दै सरकारी समाचार संस्थाले जनाएअनुसार रुसको लक्ष्य पूर्वी युक्रेनको डोनबास क्षेत्रका साथै दक्षिणी युक्रेन पनि कब्जा गर्नु हो । डोनबास क्षेत्र कब्जामा लिएको खण्डमा क्राइमिया रुस भूमिसँग जोडिने भएकाले यसलाई निकै रणनीतिक महत्वका […]

९ मे अघिनै युक्रेन कब्जा गर्ने रुसी प्रयास,किन रुसका लागि त्यो दिन महत्व छ ?

एजेन्सी । युक्रेनले रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले आगामी ९ मे अघिनै युद्ध अन्त्य गर्न खोजेको दाबी गरेको छ । रुसले युक्रेनमाथि बिनाकारण आक्रमण गरेको एक महिना भन्दा बढी समय भएको छ । युक्रेन भन्दा कैयौं शक्तिशाली रुसले युक्रेनलाई कब्जा गर्न छोटो समय लाग्ने आकलन गरेको थियो । तर रुसको आकलन बिपरित युद्ध लम्बिएको छ । […]

युक्रेन संकटः रुसका लागि खेरसन र मारिउपोलको कब्जा गर्नु किन महत्त्वपूर्ण छ ?

-बेन टोबियास युक्रेन र रुसबीचको भीषण द्वन्द्व दशौं दिनमा प्रवेश गरेको छ । नेटोले रुसले क्लस्टर बम प्रयोग गरेको आरोप लगाएको छ । यसअघि रुसमाथि पनि भ्याकुम बम प्रयोग गरेको आरोप लागेको थियो । यी सबैको बीचमा रुसी सैन्य राजधानी कीभतर्फ अघि बढिरहेको छ । उही समयमा, रुसी सेनाले दक्षिणी युक्रेनको खेरसन सहर कब्जा गरेको […]

रुस-युक्रेन युद्ध : परमाणु केन्द्र कब्जा भएपछि पश्चिमा नेताको आक्रोश

एजेन्सी– रुस–युक्रेन युद्ध गम्भीर मोडमा अगाडि बढेको छ । रुसले युक्रेनका परमाणु केन्द्रमा कब्जा जमाएकोप्रति पश्चिमा राष्ट्रले गम्भीर रुपमा लिएका छन् । रुसले आक्रमणको क्रममा युक्रेनको परमाणु केन्द्र कब्जा गरेपछि पश्चिमा राष्ट्र आक्रोशित बनेका हुन् । रुसले युक्रेनमाथि आक्रमण थालेको नवौँ दिन शुक्रवार त्यहाँको एक परमाणु ऊर्जा केन्द्र कब्जा गरेको हो । युक्रेनमा रहेको युरोपकै […]