रुसले युक्रेनको पूर्वी दोनवास क्षेत्रका दोनेत्स्क र लुहान्स्क कब्जा गरेको बताइएको छ । अब सम्पूर्ण दक्षिण युक्रेन पनि कब्जा गर्ने लक्ष्य लिएको रुसी सेनाका एक वरिष्ठ कमान्डरले बताएका छन्। रुसका सरकारी मिडियाहरूले रुसी सेनाका मेजर जनरल रुस्तम मिन्नेकायभको यो भनाइलाई महत्त्व दिएर प्रकाशित गरेका छन्। जनरल मिन्नेकायभ रुसको केन्द्रीय सैन्य क्षेत्रका सहायक कमान्डरको जिम्मेवारीमा छन्। चर्चामा आएको भनाई उनले शुक्रबार स्भेर्डलोभ्स्को एक सैन्य कार्यक्रममा सम्बोधन गर्ने क्रममा भनेका थिए। जनरल मिन्न