काठमाण्डाै – श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एअरलाइन्सले आज मङ्गलवादेखि नेपाल उडान सुरु गरेको छ । बिहान एक सय ३४ जना यात्रु लिएर काठमाण्डौ आएको श्रीलङ्कन एअरलाइन्सको जहाज एक सय ४९ यात्रु बोकेर कोलम्बो फर्किएको छ ।
श्रीलङ्काबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै आजदेखि श्रीलङ्का–काठमाण्डाै सिधा उडान सुरु भएको हो । श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ उडान भर्ने छ । त्यसपछि यात्रुको चापअनुसार उडान सङ्ख्या थप–घट गर्ने नेपालका लागि जनरल...