आन्तरिक तथा बाह्य (अन्तर्राष्ट्रिय) हवाई कम्पनीहरुले कर छलेर धमाधम यात्रु उडाइरहेको फेला परेको छ । आयकर ऐन, २०५८ को दफा ७० अनुसार नेपालबाट बाहिर जाने र नेपाल भित्रै यात्रु बोक्ने ७ एयरलाइन्स कम्पनीहरुले कर छली गरी यात्रु ओसारपसार गरेको पाइएको हो । कर छली गर्नेमा आन्तरिक राजस्व कार्यालय, पुतलीसडकमा दर्ता रहेका ५ एयरलाइन्स कम्पनीसहित नयाँ बानेश्वरको १ र टंगालको १ गरी ७ एयरलाइन्स कम्पनी रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । यी ७ कम्पनीहरूबाट आर्थिक वर्ष २०७५/७६ मा ५१ करोड ९८ लाख ८