मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको विमानबाट यात्रु ओरालियो, एक जना पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको विमानबाट यात्रु ओरालिएको छ। विमानमा शंकास्पद व्यक्ति चढेको आशंकामा बोर्डिङ पास भइसकेको विमानबाट यात्रु निकालेर खानतलासी गरिएको हो। विमानस्थल प्रहरी स्रोतका अनुसार एक जनालाई नियन्त्रणमा लिइएको छ। अहिले विमानको अन्य सुरक्षा जाँच भइरहेको विमानस्थल प्रहरी स्रोतले बताएको छ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।