देशमा चुनावी चहलपहल सुरु भएको छ । विभिन्न पार्टीहरू आफ्नो एजेण्डा लिएर चुनावी मैदानमा जाने तयारी गरिरहेका छन् । यही बेला देशको अर्थतन्त्र चलाउन गाह्रो भइरहेको बारेमा पनि बहस चलिरहेको छ । सरकारले विदेशीएकाहरुलाई रेमिट्यान्स गर्न अनुरोध गरेको पनि सुन्न पाइन्छ । यसलाई सकारात्मक रूपमा लिनु पर्छ नै ।
यसरी रेमिट्यान्स पठाउने परदेशमा रहेका नेपाली श्रमिकको हकहितलाई पनि ध्यानमा राख्नु पर्ने नै हुन्छ । देशमा कैयन सरकार आए, गए । श्रमिकको हकहितका कुरा पनि गरे । चुनावी माहोलमा त अझ बढी । हो, आजभोलि ...