विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ: सांसद
प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन्।...
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेश बमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताउनुभएको छ ।
सत्तारूढ दलले विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेको छ। सोमबार सरकार प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने बताएका हुन्। ‘विदेशमा बस्ने नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने र विद्युतीय मतदान लगायतका विषयलाई समावेश गर्ने व्यवस्था सहितको एकीकृत निर्वाचन ऐन बनाइनेछ,’ उनले भने।
काठमाडौँ,१३ भदौ । प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले भनिन् यो, “आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय […]
समानुपातिकतर्फको अस्थायी मतदाता कायम गरि उनीहरूको मताधिकार सुनिश्चित गर्न आयोगले गृहकार्य गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए।...
काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कानूनका विद्यार्थी निशान पोखरेल र प्रदिक्षा केसीले आगामी मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न र मतदाता नामावलीमा उनीहरुको नामक समावेश गर्न माग गर्दै रिट दायर गर्नुभएको हो […]
काठमाडौँ – कैदीबन्दीलाई मताधिकार दिन सर्वाेच्चको अन्तरिम आदेश दिएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कैदीबन्दीको मताधिकार सुनिश्चित गर्नु, मतदाता नामावलीमा उनीहरूको नाम समावेश गर्नु र उनीहरूको बालिग मताधिकार प्रयोग गर्नका लागि आवश्यक सबै उपयुक्त व्यवस्था मिलाउनु भन्ने विषयमा कानुनका विद्यार्थी निशान्त पोखरेल र प्रदीक्षा केसीले दर्ता गरेको रिटमा विपक्षीका नाममा माग दाबीबमोजिमको अन्तरिम […]
सर्वोच्च अदालतले कैदीको मताधिकार सुनिश्चित गर्न आदेश गरेको छ। निशान्त पोखरेलको मुद्दामा सुुनवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश गरेको हो। शुक्रबार गरिएको आदेशमा मतदाता नामावली संकलन तथा...
२५ फागुन, काठमाडौं । सर्वोच्च अदालतले ९ चैत २०७४ मा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकार दिनू भनी सरकार र निर्वाचन आयोगका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजलासले पाँच बुँदे निर्देशनात्मक आदेश जारी गरी उनीहरूको मताधिकार सुनिश्चित गर्नु भनेको थियो । निर्देशनात्मक आदेशहरू (१) विदेशमा रहेका सबै […]