मानव विकास सूचकांकमा सात प्रदेशमध्ये सबभन्दा तल प्रदेश नम्बर २ पुगेको छ ।
राष्ट्रिय योजना आयोगले हालसालै गरेको अध्ययनको प्रतिवेदनअनुसार सबभन्दा तल (खराब अवस्था) प्रदेश नम्बर २ पुगेको हो ।
सन् २०२० मा गरिएको उक्त अध्ययनको प्रतिवेदन कोभिड महामारीका कारण केही दिन अघि मात्र प्रकाशित गरिएको हो ।
प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा सात प्रदेशमध्ये सबभन्दा अग्रस्थानमा बागमती प्रदेश छ ।
गण्डकी दोस्रो, प्रदेश १ तेस्रो, लुम्बिनी चौथो, सुदूरपश्चिम पाँचौं, कर्णाली छैटौं र प्रदेश २ सातौँ स्थानमा छ ।
...