होटल संघ र सम्बन्धित केन्द्रीय ट्रेड युनियनबीच बढेको पारिश्रमिक लागू गर्ने सहमति भएको छ । होटल संघ अध्यक्ष सृजना राणाको अध्यक्षतामा तीनवटै क्रियाशील केन्द्रीय स्तरका ट्रेड युनियनहरु नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका प्रतिनिधिबीच भएकाे संयूक्त छलफलमा बढेको पारिश्रमिक लागू गर्ने तथा होटल व्यवसाय सञ्चालनलाई निरन्तरता दिने सहमति भएको हो ।