मोरङ – उपचारमा लागेको १९ हजार रुपैयाँ तिर्न नसकेपछि मोरङको धनपालथान गाउँपालिकाका एक बिरामीले आत्महत्या गरेका छन्। विराटनगरको गोल्डेन अस्पताल प्रशासनका अनुसार शुक्रबार बिहान भवनको तेस्रो तलाबाट हामफालेर घाइते भएका धनपालथानका शिवकुमार मण्डलको मृत्यु भएको हो। छारेरोगबाट पीडित मण्डललाई मंसिर ३ गते अस्पतालमा भर्ना गरिएको थियो। आईसीयूमा राखेर उपचार गरिएपछि सुधार भएका मण्डललाई अस्पतालले मंसिर […]