२१ औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि ज्ञान केन्द्र तनहुँले जिल्लाका उत्कृष्ट चार कृषकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कृषिका दुई र पशुपालनका दुई रहेका छन् । बन्दीपुर गाउँपालिका–१ स्थित तरकारी खेती गर्ने ढकाल नर्सरी फार्मका सञ्चालक दामोदर ढकाल र धान, मकै, बेमौसमी तरकारी, कफी, घाँस तथा फलफूल खेती गर्ने भानु नगरपालिका–९ का कडरिया एकीकृत कृषि फार्मका सञ्चालक वासुराज कडरिया सम्मानित हुनुभएको हो । ढकालले ७५ रोपनी जमिनमा तरकारी खेती गर्नुभएको छ भने कडरियाले २० रोपनी क्षेत्रमा सबै प्रकारका खेती गर्नुभएको छ ।
चितवन । जिल्लाको गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–१२ मा डेढ बिघा क्षेत्रफलबाट घाँस खेती सुरु गरेका उनले हाल १४ बिघा क्षेत्रफलमा घाँस खेती गर्दै आएकाछन् ।
नवलपुर जिल्लाको गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा घाँस खेती गर्दै आउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–१२ मा डेढ बिघा क्षेत्रफलबाट घाँस खेती सुरु गर्नुभएका उहाँले हाल १४ बिघा क्षेत्रफलमा घाँस खेती गर्दै आउनुभएको छ । श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फर्म स्थापना गरी सोहीमार्फत जग्गा […]
साउन १५, चितवन । किसानलाई दूध उत्पादनमा औजारीकरण र व्यवसायीकरण गर्न दूध दुहुने मेसिन र घाँस काट्ने मेसिन वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले यहाँका ३८ जना दुग्ध उत्पादक किसानलाई उक्त औजार वितरण गरेको हो ।
किसानहरुलाई वितरण गरिएको दूध दुहुने मेसिन र घाँस काट्ने मेसिनले किसानलाई धेरै सहजता दिलाउने महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले बताए ।
किसानका सबै माग र आवश्यकतालाई आफूहरुले नीति तथा कार्यक्रममा पारेर पारित गरेर लैजाने उनको भनाइ छ । कृषिको विकासबाट पनि नै महानगरको विकास र समृद्धि हासिल गर्न मदत पुग्ने भन्दै उनले आफूहरु किसानसँग सहकार्य र हातेमालो गर्दै अघि बढ्ने बताए ।
महानगर प्रमुख रेनु दाहालले कृषिमा आधुनीकिकरण, औजारीकरण र व्यवसायीकरण गरी किसानलाई दूध उत्पादनमा आकर्षित गराउने उद्देश्य सहित औजार वितरण गरिएको बताइन् ।
कृषिमा यान्त्रिकरण र व्यवसायीकरण गर्न महानगर लागिहरेको भन्दै दाहालले उत्पादन लागत घटाउँदै किसानलाई कृषिमा आत्मनिर्भर बनाउनु महानगरको योजना रहेको बताइन् ।
कृषि कर्ममा लाग्ने किसानलाई व्यवसायीकरण गर्न कार्यविधि बनाएर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको दाहालको भनाइ छ । पहुँचको भरमा अनुदान खाने तर वास्तविक किसानले नपाउने अवस्था सृजना हुन नदिन कार्यविधिले महत्वपुर्ण भुमिका खेल्ने उनले बताइन् ।
युनिक गाई पालन फार्म भरतपुरका किसान एवम् राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालका केन्द्रिय अध्यक्ष आनन्द न्युरेले आफूहरुले धेरै वर्ष पछि बल्ल राहतको अनुभूति गरेको बताए । महानगरका किसानहरुको आत्मबल विकाससँगै किसानलाई यान्त्रिकरण र व्यवसायीकरणमा जोड दिनुपर्ने दायित्व सरकारको रहेको उनको भनाइ थियो ।
महानगरले किसानलाई धान रोप्ने मेसिन, कृषि कर्ममा प्रयोग हुने ट्याक्टर, घासकाट्ने मेसिनदेखि दूध दुहुने मेसिन हस्तान्तरण गरिसकेको छ । हाल महानगरले दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान यसै वर्षदेखि लागू गरेको छ ।
सल्यान : सल्यानका कृषक पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरु व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन्।विगत केही वर्षदेखि घाँसको बिउ र घाँस बिक्री गर्दै आएका त्रिवेणी गाउँपालिका २ काँरागिठीका गोविन्दबहादुर रकालले घाँस बिक्री गरेर वार्षिक ७ लाख आम्दानी गर्दै आइरहेका छन्।१६ रोपनी क्षेत्रफलमा घाँस खेती गरेका रकालले वार्षिक ७ लाखभन्दा बढी आम्दानी हुने बताए। उनले भने, ‘शरीरमा जाँगर र मनमा इच्छाशक्त
कृषक वामदेव खनालले घाँसका बिरुवामा मलजल गरेको देख्दा शुुरुशुुरुमा धेरैले जिस्काउँथे । ती आजभोलि छक्क परेका छन् । खनालले घाँस बेचेर नाम र दाम दुवै कमाएपछि जिस्काउने नै त्यसको सिको गरेर घाँस खेती खेती गरी पशुपालनमा गर्न थालेका छन् ।
झापाका पशुपालक कृषकले साइलेज प्रविधिको घाँसखेती विस्तार गरेका छन् । चार वर्षअघि झापामा भित्र्याएइको साइलेस घाँस अन्य आहारको तुलनामा कम लागत पर्ने तथा पशुलाई खुवाउँदा दूध उत्पादनमा समेत वृद्धि भएपछि किसानले साइलेस घाँस उत्पादन बढाएका हुन् ।
झापाकै पाथिभरा कृषि फार्म दमक, ऊर्जाशील कृषि परियोजना प्रालि बिर्तामोड र सहारा कृषि परियोजना प्रालि गरामनीको साझेदारीमा बाह्रदर्शी गाउँपालिकामा २५ बिघा क्षेत्रफलमा साइलेस घाँस लगाएका लगाइएका छन् ।
सानो लगानीबाट पनि ठूलो आर्थिक उपलब्धि गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सरुमारानी–२ ददेरीका कृषक धनबहादुर कुमालका दम्पत्ती । सात वर्ष यता कृषि पेशाअन्तर्गत व्यावसायिक घाँसको नर्सरी र केराखेती सुरु गरेका धनबहादुर र उनकी श्रीमती बीमाकुमारी कुमालले वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । सुरुका वर्षदेखि नै राम्रो प्रतिफल प्राप्त गरेका उनले कृषि व्यवसायबाट नै जीवनशैली बदलिएको बताए ।