घाँस बेचेरै वार्षिक ५ लाख

सानो लगानीबाट पनि ठूलो आर्थिक उपलब्धि गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सरुमारानी–२ ददेरीका कृषक धनबहादुर कुमालका दम्पत्ती । सात वर्ष यता कृषि पेशाअन्तर्गत व्यावसायिक घाँसको नर्सरी र केराखेती सुरु गरेका धनबहादुर र उनकी श्रीमती बीमाकुमारी कुमालले वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । सुरुका वर्षदेखि नै राम्रो प्रतिफल प्राप्त गरेका उनले कृषि व्यवसायबाट नै जीवनशैली बदलिएको बताए ।

सम्बन्धित सामग्री

व्यावसायिक पशुपालनमा अग्रणी ‘ माछापुच्छ्रे गाउँपालिका’

असोज ३०, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमूखी कृषि गर्दै आएका कृषकहरुले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैँसी तथा बाख्रापाल्न शुरु गरेपछि व्यावसायिकता विकास भएको हो ।  गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् । संघ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोगलगायतका कार्यक्रम ल्याएपछि कृषकहरु उत्पादनमार्फत् आयआर्जनमा प्रेरित भएका हुन् । गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध विक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसैगरी कृषि तथा पशु बीमा निःशुल्क गरिएको छ । संघ सरकारले बीमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको छ ।  यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि वृद्धि गरेर ५० पैसा अनुदान दिने भएको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । यसैगरी प्रदेश सरकारबाट ‘मोडल फार्म’, डेरी सुधार लगायतका कार्यक्रमबाट कृषकलाई दुई/तीन वर्षदेखि निरन्तर सहयोग प्राप्त हुँदै आएपछि कृषकमा उत्साह बढेको पाइन्छ ।   नौ ओटा वडा रहेको गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध विक्रीका लागि पोखरा बजारमा आउने गरेको तथ्यांक गाउँपालिकासँग छ । मध्यम र साना कृषकले सहकारी संस्थाबाट दूध विक्री गरेपनि ठूला कृषकहरुले आफैँ बजार खोज्ने गरेका छन् ।  गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ भने निजी फार्मबाट २० लाख आठ हजार ५०० लिटर बजारमा विक्री भएको बताइन्छ । पशु शाखा प्रमुख पौडेलले भने, ‘हाम्रो गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । गाउँपालिकाको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत दैनिक उत्पादन बढिरहेको छ । सहकारीबाट दूध विक्री गर्ने कृषकहरु बढी छन्’ नौ ओटा वडा रहेको गाउँपालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ ।  लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध विक्रीका लागि बजारमा आउने गरेको छ । वडा नं ३ को घाचोकबाट दैनिक तीन हजार ५०० लिटर र धितालबाट दैनिक एक हजार लिटर दूध बजारमा विक्री हुने गरेको बताइन्छ । रिभान, माछापुच्छ्रे र सार्दीखोलाबाट दैनिक ३०० लिटरका दरले दूध विक्री हुने गरेको तथ्यांक छ । त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध विक्री हुने गरेको बताइन्छ । समग्रमा दूध विक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रू. सात लाख ३५ हजार तथा मासिक रू. दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको जानकारी दिइएको छ । सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेपनि कृषकले उचित मुल्य पाउन नसकेको घाचोकका व्यावसायिक कृषक गोपाल पोखरेल बताउँछन् । उनले भने, ‘गाई भैँसी पाल्न हामीले सहज भएको छ तर उत्पादन लागत बढेको तथा दूधको मूल्य लामो समय बढ्न नसक्दा कृषक मर्कामा छन् । वर्षेनी मुल्य समायोजन हुने व्यवस्था भए सहज हुन्थ्यो ।’ लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म शुरु गरेपछि   गाउँपालिकामा व्यावसायिक पशुपालनमा शुरु भएको थियो । गुरुङको फार्ममा अहिले ३०० ओटा भैँसी छन् । विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । व्यावसायिक कृषकलाई गाउँपालिकाले सहयोग गर्ने नीति लिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषि र पशुतर्फ रू. एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए । रासस

बन्दाबन्दीको कारण दुग्धजन्य पदार्थको कारोबारमा गिरावट

जेठ १४, कैलाली । कैलाली जिल्लामा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको छ । एक महीनादेखि बन्दाबन्दी भएपछि व्यापार व्यवसाय बन्द हुँदा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको हो । दूध विक्री नभएपछि गाइ भैँसीपालक किसान भने मर्कामा परेका छन् ।  जिल्लामा १५० गाई, भैँसीपालन फार्म छन् भने असंगठितरुपमा भैँसीपालन गर्नेहरु त हजारौँ किसान छन् । दूधमा आत्मनिर्भर जिल्ला यो जिल्लामा दैनिक ४० हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमा ३० हजार लिटर जिल्लामै खपत हुने र १० हजार लिटर काठमाडौं जाने गरेको किसान शिव थापाको भनाइ छ ।  यहाँको दूध खपत डडेल्धुरा र डोटीबाट समेत कैलालीमा पनि निर्यात हुन्छ । अत्तरियामा रहेको दूग्ध चिस्यान केन्द्रले कैलालीको बचेको र डडेल्धुरा र डोटीबाट आयात गरिएको दुग्धजन्य पदार्थ अन्य जिल्लामा निर्यात गर्ने गर्दछ । थापा भन्छन्, ‘बन्दाबन्दीपछि आयात र खपत समेत घटेको छ । हाल दूध उत्पादन समेत घटेको छ । बन्दाबन्दीका कारण किसानलाई दाना पाउनसमेत समस्या भएको छ ।’ यस वर्ष घाँस उत्पादनमा समेत हस आएकाले उत्पादन समेत घटेको किसानको गुनासो छ । किसानले दूध खपत नभएपछि पाडापाडीलाई बढी खुवाउने, घरमै खपत गर्ने वा घ्यू उत्पादन गर्ने जस्ता कार्य गरिरहेको थापा बताउँछन् । ‘टीकापुरमा मात्रै दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ । अहिले दुई हजार लिटर उत्पादन घटेको छ । खपत पनि आधा घटेको छ’, थापाले भने, ‘एकातिर काम गर्नुपर्ने भएकाले किसानलाई संक्रमणको जोखिम छ, कामदारलाई नियमित काममा लगाउन जोखिम छ, अर्कोतर्फ लकडाउनले दुग्ध व्यवसायीलाई घाटा भइरहेको छ ।’ विगतका वर्षमा गर्मी समयमा दुग्धजन्य पदार्थको अभाव हुन्थ्यो । यो समय दूध बढी खपत हुने समय हो । यस वर्ष बजारमा मानिसको चहलपहल घटेसँगै उनीहरुको व्यापार पनि घटेको हो । दूध तथा दुग्धजन्य पदार्थको माग घट्दा गाई, भैँसीपालक किसानदेखि व्यापारीहरु मर्कामा परेका गुनासो बढेको छ । बन्दाबन्दीअघि दैनिक १३० लिटरसम्म दूध संकलन गर्दै आइरहेको टीकापुर–१ वनगाउँको देउराली भन्ज्याङ सहकारीले अहिले ७० लिटरसम्म मात्र दूध संकलन गरिरहेको छ । सहकारीका अध्यक्ष सुन्दर भगोरियाले सहकारीमा दूध खपत घटेकाले सहकारीले संकलन कार्य समेत घटाएको बताए । ‘यो समयमा दूध पुगाउन मुस्किल हुन्थ्यो, यस वर्ष मानिस खान चाहेर पनि किन्न आउन डराउन थालेका छन्’, उनले भने, ‘आधा व्यापार घटेको छ ।’ सहकारीलाई बन्दाबन्दी हुनुअघि १३० लिटरसम्म दूध संकलन गरेर पनि ग्राहकलाई पुर्‍याउन धौ–धौ हुने गरेको सहकारीलाई अहिले ७० लिटर दूध विक्री गर्न पनि कठिन भएको छ ।  गाउँका किसानबाट दूध संकलन गरी बजारमा बेच्दै आएका टीकापुर–३ चौतारा टोलका कलम विकले लकडाउनअघि दैनिक ८० लिटर दूध बजारमा विक्री गर्दै आएका थिए । हाल उनले पनि आधा दूध मात्र खपत भइरहेको बताए । ‘हाल दूध विक्री घटेको छ । नागरिक दूध किन्दा पनि संक्रमण हुन्छ कि भनेर डराउन थालेका छन्, अझ बजारमा घरभाडामा बस्नेहरु अधिकांश गाउँ फर्किएका छन्’, विकले भने, ‘त्यसैले मैले पनि गाउँबाट ३० देखि ४० लिटरसम्म दूध खरीद गर्ने गरेको छु ।’ सहकारी र संकलकले दूध लिन छोडेपछि भैँसीपालक किसान मर्कामा परेका हुन् । घरमा पालेका भैँसीको दूध बेचेर घर खर्च चलाइरहेका किसानलाई दूध विक्री हुन छोडेपछि समस्या भएको हो । भैँसीपालक किसान खेमा विकको घर दूध बेचेरै चल्छ । हाल दूध खपत नभएपछि खेमालाई तनाब भएको छ । ‘हाल दूध खपत घटेको छ ।  दूध विक्री नभए घरका लागि चाहिने अन्नपात जोहो कसरी गर्नु’, खेमाले भन्, ‘रोगव्याधी, महामारी विपत्ती जे आउँदा पनि मर्का हामी गरीब किसानलाई हुने गर्दछ ।’ रासस

भानुभक्तको गाउँमा घाँस बेचेरै नाम पनि दाम पनि

कृषक वामदेव खनालले घाँसका बिरुवामा मलजल गरेको देख्दा शुुरुशुुरुमा धेरैले जिस्काउँथे । ती आजभोलि छक्क परेका छन् । खनालले घाँस बेचेर नाम र दाम दुवै कमाएपछि जिस्काउने नै त्यसको सिको गरेर घाँस खेती खेती गरी पशुपालनमा गर्न थालेका छन् ।

घाँस बेचेरै करोडपति

नवलपरासीका दुई व्यावसायिक घाँस उत्पादक किसानले उन्नत जातको घाँस बेचेरै वार्षिक ५० लाख नाफा गरेका छन् ।  १६