झापाका पशुपालक कृषकले साइलेज प्रविधिको घाँसखेती विस्तार गरेका छन् । चार वर्षअघि झापामा भित्र्याएइको साइलेस घाँस अन्य आहारको तुलनामा कम लागत पर्ने तथा पशुलाई खुवाउँदा दूध उत्पादनमा समेत वृद्धि भएपछि किसानले साइलेस घाँस उत्पादन बढाएका हुन् ।
झापाकै पाथिभरा कृषि फार्म दमक, ऊर्जाशील कृषि परियोजना प्रालि बिर्तामोड र सहारा कृषि परियोजना प्रालि गरामनीको साझेदारीमा बाह्रदर्शी गाउँपालिकामा २५ बिघा क्षेत्रफलमा साइलेस घाँस लगाएका लगाइएका छन् ।