घाँस बिक्रीबाट बर्षमा २५ लाखसम्म आम्दानी गर्दै गैँडाकोटका कृषक कृष्ण भट्ट

नवलपुर जिल्लाको गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा घाँस खेती गर्दै आउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–१२ मा डेढ बिघा क्षेत्रफलबाट घाँस खेती सुरु गर्नुभएका उहाँले हाल १४ बिघा क्षेत्रफलमा घाँस खेती गर्दै आउनुभएको छ । श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फर्म स्थापना गरी सोहीमार्फत जग्गा […]

सम्बन्धित सामग्री

मेवा बेचेर मासिक डेढ लाख कमाउँछन् ‘अनार बाजे’

रामेछाप : जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन्।अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए। रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उनले बताए। सबै खर्च कटाएर वार्षिक आम्दानी रू १८ लाखसम्म हुने गरेको उनले जानकारी दिए। आचार्यले मेवाखेतीभित्र कागतीसँगै

विदेशबाट फर्केर कागतीखेती गरेका रुद्रमणि भन्छन्– वर्षमा २० लाख कमाउँछु

कागतीको दाना र बिरुवाबाट वार्षिक २० लाखमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपानेले बताए ।

बाख्रापालनबाट चार लाख आम्दानी

काठमाडौँ,२० माघ । तनहुँको म्याग्दे गाउँपालिका–५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गरेका उनले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आएको हो । उनले बाख्रापालनबाट वार्षिक करिब रु चार लाख आम्दानी गर्दै आएका छन् । कृपा कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गर्नुभएका खड्का […]

मह बेचेर वार्षिक ३५ लाख आम्दानी

पर्वत : घर वरिपरि मौरीका घारैघार। घरअघि ठूलो सुन्तलाको बगैँचा छ।बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो।परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उहाँले देखाउनुभएको छ। विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाखसम्म आम्दानी गर्दै आएका छन्। उनको घरमा अहिले एक सयभन्दा बढी मौरीका

अर्घाखाँचीको सिम्लेमा मात्रै पाँच करोडको सुन्तला फल्यो

काठमाडौँ- अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै पाँच करोड रुपैयाँको सुन्तला फलेको छ । सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरु सबैले सुन्तला बेचेर कम्तीमा तीनदेखि २८ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तलाखेतीमा लागेको र यसबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक […]

सयपत्री बिक्री गरेरै आठ लाख आम्दानी

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमा मात्रै रु आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन् । तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल गाउँपालिकाले प्रतिकिलो रु दुई सय ५० र कृषक तथा समूहले प्रतिकिलो रु तीन सयका दरले बिक्री गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए ।“किसान तथा समूहले फूलका थ

पटिहानीका किसानले बीउ बेचेरै साढे ६ करोड आम्दानी गरे

उन्नत वीज वृद्धि कृषक समूहमार्फत् यहाँका किसानले धान, गहुँ, तोरी, मुसुरो, राजमाको बीउ उत्पादन गरेर मात्रै वार्षिक ६ करोड ५३ लाख ६३ हजार ३६३ रुपैयाँ बराबरको आम्दानी गरेको संस्थाका अध्यक्ष उमानाथ पौडेलले बताए।...

सुन्तला बिक्रीबाट २१ लाख आम्दानी

म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनी टोलका कृषकले सुन्तला बेचेर २१ लाख आम्दानी गरेका छन् ।२० घरधुरीको बसोबास रहेको दुई वटा बस्तीको मुख्य आयस्रोत सुन्तला खेती बनेको छ । भेडाबारीका अगुवा कृषक ओम गिरीले यस वर्ष २१ लाख मूल्य बराबरको तीस हजार किलोग्राम सुन्तला बिक्री भएको जानकारी दिए ।बगैंचामा आएर सुन्तला खरिद गरेर पोखराका व्यापारीले […]

व्यवसायिक टर्कीपालनबाट मासिक डेढ लाख आम्दानी गर्दै पालुङटारका एक कृषक

कात्तिक १४, गोरखा  । गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गरेका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमणि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गरेका हुन् । सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्डै रू. तीन लाख मासिक कमाई गर्दै आएका उनले विसं २०७७ वैशाखदेखि पालुङटारस्थित आफ्नै घरमा आएर टर्कीपालन व्यवसाय शुरु गरेका हुन् । ‘मैले अल्मराई कम्पनीमा सँगै कार्यरत साथी मिठु सार्कीलाई भैरहवामा भेट्न जाँदा सार्कीको घरनजिक टर्कीपालन गरेको देखेँ, त्यहाँ टर्कीपालन गरेको देखेर मैले पनि केही गर्नुपर्छ भनेर त्यहाँको अनुभवलाई पालुङटारमा ल्याएर प्रयोग गरे’, उनले भने । सुरुआती चरणमा रू. ७० लाख लगानी गरेर टर्कीपालन शुरु गरेका लुइँटेलले अहिले मासिक रू. एक लाख ५० हजार आम्दानी गर्दै आएका छन् । उनले एकपटकमा एक हजार टर्कीपालन गर्नसक्ने गरी खोर निर्माण गरेका छन् । केही समय पहिले ९०० टर्कीपालन गरेका लुइँटेलसँग हाल ३०० टर्की रहेका छन् ।  लुइँटेलले पालन गर्नुभएको टर्की विक्रीका लागि मुख्य बजार भने काठमाडौं हो । यसका अलावा चितवन, पोखरा र स्थानीय पालुङटारमा पनि टर्कीको मासु खपत हुँदै आएको छ । ‘हप्तामा ५० किलो काठमाडौं, २० किलो पोखरा र २५ किलो चितवनको नारायणगढ बजारमा टर्की विक्री हुँदै आएको छ’, उनले भने ।   डेढ वर्षदेखि टर्कीपालन गर्दै आएका उनले एउटा टर्की १५ किलोसम्म बनाएका छन् । उनले टर्कीको मासु एक किलोको रू. एक हजारमा विक्री वितरण गर्दै आएको बताए । टर्कीपालनका सिलसिलामा लुइँटेलले तीन जनालाई रोजगारीसमेत प्रदान गरेका छन् । टर्कीका लागि मुख्य आहार भनेको दाना नै हो । श्रीमती ज्ञानु लुइँटेललाई समेत शिक्षकको जागिरबाट अलग गरी व्यवसायमा लगाएका जीवमनिले हाल आफँै गाडी किनेर टर्कीको मासु काठमाडौं, पोखरा, नारायणगढसम्म पुर्‍याउँदै आएका छन् । ‘परिवारसँगै घरमा बसेर आफ्नै जन्मथलोमा पौरख गरेर यती कमाएकोमा मलाई पूर्णरूपमा आत्मासन्तुष्टि मिलेको छ’, उनले भने । टर्कीपालनबाटै उनले दुई छोराछोरीलाई उच्च माध्यामिक तहसम्मको शिक्षा प्रदान गराएका छन् । आगामी दिनमा उनले आफ्नो व्यवसायलाई झन् राम्रो बनाउँदै लैजाने जानकारी दिए । रासस

घाँस खेतीबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान

सल्यान : सल्यानका कृषक पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरु व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन्।विगत केही वर्षदेखि घाँसको बिउ र घाँस बिक्री गर्दै आएका त्रिवेणी गाउँपालिका २ काँरागिठीका गोविन्दबहादुर रकालले घाँस बिक्री गरेर वार्षिक ७ लाख आम्दानी गर्दै आइरहेका छन्।१६ रोपनी क्षेत्रफलमा घाँस खेती गरेका रकालले वार्षिक ७ लाखभन्दा बढी आम्दानी हुने बताए। उनले भने, ‘शरीरमा जाँगर र मनमा इच्छाशक्त