बागलुङ : बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीय स्थल बसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण गर्न थालेको छ।
गाउँपालिकाले वडा नम्बर ४ चापोट जनजाति संग्रहालयदेखि बसन्तापखोरसम्म जोड्ने गरी पदमार्ग बनाउन शुरु गरेको हो। गाउँपालिकाले चालू आर्थिक वर्षबाट पर्यटन प्रवर्द्धनका लागि पदमार्ग निर्माण गर्न थालेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए।
उपाध्यक्ष थापाले प्रचारप्रचार अभावमा ओझेलमा परेको बसन्तापखोरको प्रचार गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न पदमार्ग निर्माण थालिएको बताए। उनले धेरै स...