कोरोनाबिरुद्धको भ्याक्सिन नलगाएकाहरुलाई सीडीसीको भ्याक्सिन कार्ड बेचेर झण्डै १५ लाख डलर कमाउने न्युयोर्कको लङ आइल्याण्डकी नर्स फन्दामा परेकी छिन् । न्युयोर्कको राज्यको डाटावेसमा भ्याक्सिन नलगाएकाहरुको विवरण पनि भ्याक्सिन लगाएको भन्दै राखेर कार्ड बेच्ने २ जना नर्सहरुलाई पक्राउ गरिएको हो । ४९ बर्षकी जुली डेबुनो र ४४ बर्षकी मारिसा उराओलाई पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् । […]