काठमाडौं, २ पुस । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सप्तरीको कन्चनरुप नगरपालिकाका दुई सातायता विपन्न पाँच मुसहरको मृत्यु भएको सम्बन्धमा छानबिन भइरहेको बताएका छन् । ‘हामीले पोषणको कमी भएकाले मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । यो निकै दुःखदायी समाचार हो । हामीकहाँ तीन तहको सरकार छ । त्यहाँको समस्या स्थानीय सरकारले हेर्नुपर्ने हो । […]