काठमाडौः बर्ड फ्लुबाट एकजना नेपालीको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा पहिलो पटक वर्ड फ्लुबाट मृत्यु भएको पुष्टि भएको हो।
वैसाख १५ गते बर्ड फ्लुका कारण मृत्यु भएको हो। यसरी मृत्यु हुनेको पहिचान खुलाउने प्रचलन छैन। स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् पहिलो पटक नेपालीको मृत्यु भएको जानकारी