एजेन्सी। निरन्तर चौथो दिन २० हजारभन्दा धेरै कोरोना संक्रमित पुष्टि भएको भारतको केरला राज्यमा कोरोनाविरुद्धको खोप लगाउनेको अनुपात भने देशभरभन्दा धेरै छ। भारतभर दोस्रो मात्रा खोप लगाउने ८ प्रतिशत मात्रै छन भने केरलामा ३५ प्रतिशतले पहिलो र १६ प्रतिशतले दोस्रो मात्रा लगाएका छन्। देशभरभन्दा धेरैको अनुपातमा राज्यमा खोप लगाउने भएपनि हाल भारतभर पुष्टि भइरहेकामध्ये आधाभन्दा धेरै संक्रमित केरलामा देखिएका छन्।