मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको दिन देशभरको मौसम सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधवार तीन दिनको मौसम बुलेटिन सार्वजनिक गर्दै आम निर्वाचनको दिन मंसिर ४ गते देशभरको मौसम सफा रहने जनाएको हो ।नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हल्का चिसो बढ्ने तर पानी नपर्ने विभागले जनाएको छ । विभागका अनुसार शुक्रवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।यस्