देशभरको मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने

काठमाण्डाै - देशभरको मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले मौसम बद्ली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै तीन दिन मौसम पूर्णरुपमा नखुल्ने महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ । अहिले प्रदेश एक, दुई र वाग्मती बाहेक अरु प्रदेशका थोरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । चितवनसहित पश्चिम...

सम्बन्धित सामग्री

आज लुम्बिनी र सुदूरपश्चिममा पानी पर्ने सम्भावना : झरी रोकिएपछि मौसम खुल्न थाल्यो

काठमाण्डौ - आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बेलुका देशको पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी क्षेत्रमा बेलुकी हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अरु प्रदेश-१, वाग्मती, गण्डकी, कर्णाली प्रदेशमा पहाडी केही क्षेत्रमा मात्रै पानी पर्ने अनुमान छ । अबको केही दिन ठ...