दाङको एक घरमा चट्याङ पर्दा आज आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं ११ नारायणपुर निवासी द्रोण केसीका घरमा आगलागी भएको हो ।
चट्याङबाट मानवीय क्षति नभए पनि दुईतले घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । आगलागीपछि घरभित्र रहेका सबै बाहिर निस्किएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।