सुर्खेत : कर्णालीका १० जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित बसोवास गराउन शुरु गरिएको एकीकृत बस्ती विकास कार्यक्रम प्रभावकारी बन्न सकेको छैन।एकीकृत बस्ती विकास कार्यक्रमबाट बनेका घरमा सम्बद्ध व्यक्तिहरू बस्न मान्दैनन्। ती घरहरू जग्गा जमिन भएको ठाउँभन्दा टाढा तथा अपायक ठाउँमा भएका हुँदा उनीहरू बस्न रुचाउँदैनन्।आवास नजिक शौचालय, खानेपानी लगायतका सुविधा नहुँदा उनीहरू ती घरमा जान नमानेका हुन्। कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रम नियमावली-२०७९ निर्माण गरेको छ। भ