काठमाडौं : आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको विमानमा धनुषाका एकै परिवारको सातजना रहेको पुष्टि भएको छ। पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ।विमानमा राजनकुमार गोले, बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ।गोले परिवार मुक्तिनाथ