विमान दुर्घटनामा मृत्यु भएका एकै परिवारका सातजनाको सामूहिक अन्त्येष्टि

काठमाडौं : आइतबार तारा एयरको विमान दुर्घटनामा धनुषाका नाताभित्रकै सात जनाको मृत्यु भएका सातैजनाको स्वयम्भू क्षेत्रमा सामूहिक अन्त्येष्टि गरिएको छ। दुर्घटनास्थलबाट शव संकलन गरी त्रिवि अस्पतालमा ल्याएर पोष्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई बुझाइएको थियो।दुर्घटनामा परी धनुषाको लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ, पत्नी ७१ वर्षीया सुकमाया तामाङ,  दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृत्यु भएको थियो। यसैगरी मकरबहादुरका बहिनी र

सम्बन्धित सामग्री

धनुषाका राजन गाेलेकाे परिवार मुक्तिनाथ दर्शन गर्नै नपाइ उतै अस्ताए

जनकपुरधाम : तारा एयरको विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर  ११ तुल्सी पाटोका एकै परिवारका सातजना विमान दुर्घटना मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो। मुक्तिनाथ दर्शन गर्न जोमसोम जान लागेका राजनकुमार गोलेका परिवार र आफन्तसहित ७ जनाको विमान दुर्घटनामा मृत्यु भएको छ।विमानमा गोलेसहित उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोल