ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकबारे अनलाइन जानकारी लिन सकिने सुविधा
सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकबारे अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ।
सानिमा बैंकले जारी गरेका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेमा उल्लेखित क्युआर स्क्यान...
काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेककोे अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने सुविधा ल्याएको छ । बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लिखित क्यूआर स्क्यान गरेर तथा बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिने निक्षेप प्रमुख हेमराज सन्ज्यालले जानकारी दिए ।
‘बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुविधाको व्यवस्था गरेको छ । यसअन्तर्गत गुड फर पेमेन्ट चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ,’ उनले भने । यस सुविधाको शुरुआतसँगै नक्कली ब्यालेन्स सर्टिफिकेट र नक्कली गुड फर पेमेन्ट चेकबाट ग्राहकलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकको विश्वास छ । बैंकले सातै प्रदेशमा १३२ शाखा कार्यालय र १२२ एटीएममार्फत सेवा दिँदै आएको छ ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई अत्यावश्यक पर्ने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइन प्रणालीबाटै प्राप्त गर्न सकिने भएको छ।
सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखाले सोमबारदेखि सुरु गरेको उक्त अनलाईन...
काठमाडौं । वैदेशिक लगानी (foreign investment) भित्र्याउन शुरू भएको दशकौंपछि उद्योग विभागले पहिलोपटक नेपालमा स्वचालित मार्ग (Automatic Route) लागू गरेको छ । भारत (India), बंगलादेश (Bangladesh)लगायत देशमा कार्यान्वयन भइसकेको यो व्यवस्था नेपाल (Nepal)मा जेठ १ गतेदेखि लागू गर्ने विभागको तयारी छ ।
विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउने उद्देश्यले कम्पनी/उद्योग दर्ता र विदेशी लगानी स्वीकृतिजस्ता सेवा स्वचालित मार्गबाट प्रदान गरिने विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । ‘मुलुकमा पहिलोपटक अटोमेटिक रूट लागू गर्न लागिएको हो,’ उनले भने, ‘नेपालमा लगानीको वातावरण बनेको सन्देश दिन र लगानी भित्र्याउन यो कोसेढुंगा हो ।’
अन्तरराष्ट्रिय अभ्यास हेर्दा पनि स्वचालित मार्ग आफैमा लगानीमैत्री वातावरणको एक महत्त्वपूर्ण सूचक भएको भन्दै उनले मुलुकमा लगानीमैत्री वातावरण बनाउन प्रशासनिक प्रक्रियालाई थप सहज बनाइएको बताए । उनका अनुसार यो प्रक्रियामा विदेशी लगानीकर्ताले डकुमेन्टहरू प्रणालीमा प्रवेश गराएसँगै लगानी स्वीकृत हुनेछ । उद्योग दर्तादेखि लगानी स्वीकृति र सर्टिफिकेट पनि स्वचालित प्रणालीबाटै उपलब्ध हुनेछ ।
यो रूटको प्रयोगपछि विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank), कम्पनी रजिस्ट्रारको कार्यालयलगायत निकायलाई प्रणालीमार्फत नै स्वचालित रूपमा हुने, लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृति लिइरहनु नपर्ने यो प्रणालीको आकर्षण रहेको उनको भनाइ छ ।
यो प्रणालीबाट पहिलो चरणमा लगानीकर्ताले न्यूनतम २ करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्मको लगानी नेपालमा गर्न पाउने सीमा राखिएको तिवारीले बताए । यो प्रणाली लागू भएपछि केही महीना कार्यान्वयनको अवस्था हेरेर यो सीमा बढाउन सकिने उनको भनाइ छ ।
विभागका शाखा अधिकृत पवन गुप्ताले यो मार्गबाट लगानीकर्ताले आवेदन गर्नेबित्तिकै स्वीकृत हुने, कर्मचारीतन्त्रबाट हुने व्यवधान सामना गर्न नपर्ने, लगानीका लागि आवेदन गर्न कानून व्यवसायी तथा सहजकर्ता खोज्न नपर्नेजस्ता लाभ पाउने बताए ।
लगानीकर्ताले पेश गरेका भौतिक फाइलबाट मात्रै विदेशी लगानी स्वीकृत गर्दै आएको विभागले २०७९ साउनदेखि मात्रै अनलाइन प्रणाली (आईएमआईएस)मार्फत लगानी स्वीकृति शुरू गरिसकेको छ ।
काठमाडौँ उपत्यकामा मानव जातीको बसोबास बाक्लिँदो छ । काठमाडौँबाट सेवा सुविधाहरु देशका अन्य सहर तिर फैलिने क्रम बढिरहेको भएपनि काठमाडौँमा मानिसको चाप दिनानोदिन बढिरहेकै छ ।काठमाडौँ उपत्यकामा निजी घर बनाएर बस्ने सपना सबैको हुन्छ । सपना पूरा गर्नकै लागि देशका कुनाकुनाबाट मानिसहरु काठमाडौँलाई कर्मथलो बनाउन आइरहेकै छन् । तर, घर बनाएर मात्रै हुँदैन । घरमा आइपर्ने दैनिक समस्याको समाधान पनि उत्तिकै महत्वपूर्ण हुन्छ । जस्तो, कहिले घरको धारा बिग्रिन्छ, कहिले घर पूरै सफा गर्नुपर्छ, कहिले कपडा धुनुपर्छ, कहिले पूरै घरमा रङ (कलर) लगाउनुपर्छ । एउटा घर भइसकेपछि आइपर्ने यी दैनिक कामहरु हुन् ।तर, एकै ‘क्लिक’मा वा एउटै ‘प्लेटफर्म’बाट यी सुविधा पाउन मुस्किल छ । यद्यपी, असम्भव भने छैन । किनभने, अब वेभसाइट र मोबाइल एप्स दुबैबाट सहजै सेवा लिन सकिने घरेलु सेवा प्रदायक ‘भेटायो’ आइसकेको छ । भेटायोबाट प्लम्बिङदेखि लन्ड्री र ‘भेहिकल क्लिनिङ’ सम्मका सुविधाहरु उपलब्ध हुँदै आएका छन् ।के हो ‘भेटायो’ ?भेटायो एउटा स्टार्टअप कम्पनी हो । भेटायोकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अंशु शाक्य भेटायोलाई ‘अनलाइन सर्भिस प्लेटफर्म’को रुपमा चित्रण गर्छिन् । फ्ल्याट, घर, होटल, रेष्टुरेन्ट, व्यवसायिक भवनहरुमा जुनसुकै खालको ‘मेन्टेनेन्स’का कामहरु गर्नुपरेमा ‘भेटायो’बाट सहजै त्यस्ता प्रावधिक झिकाउन सकिन्छ ।सन् २०१६/०१७ देखि वेभसाइडमार्फत अर्डर लिएर घर तथा व्यवसायिक भवनसहित होटल तथा रेष्टुरेन्टहरुमा मेन्टेनेन्स सम्बन्धि सुविधा उपलब्ध गराउँदै आएको भेटायोले गत वर्षबाट भने मोबाइल एप्समार्फत पनि बुकिङ लिएर सुविधा प्रदान गर्न सुरु गरेको हो ।भेटायो मोबाइल एप्स प्ले स्टोर र एप्पल स्टोर दुबैमा उपलब्ध छ । ‘भेटायो’ नाम कसरी रह्यो ? यस सम्बन्धमा भने सीईओ शाक्य नेपाली नाम, सुन्दा ‘क्याची’ र केही चिज पाएपछि खुशी हुने मानिसको स्वभाव हुने भएकाले मानिसलाई सेवामार्फत प्रशन्न राख्न ‘भेटायो’ नाम राखिएको बताउँछिन् ।के के छन् सुविधा ?भेटायोमा अहिले १४ प्रकारका सुविधा उपलब्ध छन् । सुरुमा प्लम्बिङ सेवाबाट सुरु भयो भेटायो अहिले ‘प्याकेज’मा सबै खालका सेवा अनलाइनमार्फत उपलब्ध गराउने स्टार्टअपबाट ‘कर्पोरेट’ बनिसकेको छ ।आफूसँग गाडी छ तर, चलाउने ड्राइभर छैन भने ड्राइभरदेखि घरमा पालेको कुकुरको हेरचाह सम्मका सुविधा यहाँ उपलब्ध छन् । यस्तै, घरमै आएर गाडी धुने, लन्ड्री सर्भिस, घरमै आएर पार्लरको सुविधा दिने, मेकअप गरिदिने जस्ता सुविधा भेटायोमार्फत उपभोग गर्न सकिन्छ । प्राविधिक आवद्ध हुँदा पैसा नलाग्ने, ‘फिल्ड भिजिट’ पनि निःशुल्कभेटायोमा प्लम्बिङ, क्लिनिङ, लण्ड्री लगायतका क्षेत्रमा ज्ञान भएका जनशक्तिहरु आवद्ध हुँदा कुनै शुल्क लाग्दैन । यति मात्रै नभई, आफूलाई कुनै सीप सिक्न मन लागेको छ भने भेटायोले सीप पनि सिकाउँछ र भेटायोमा नै आवद्ध गराउँछ । ‘हामीले तालिम दिएका बाहेकका कोही हामीसँग आवद्ध हुन चाहानु भयो भने हामी उहाँहरुको सर्टिफिकेट हेर्छौँ, उहाँहरुको सीप क्षमता हेर्छौँ’ सीईओ शाक्य भन्छिन्, ‘राख्ने भनेर डेलिभरी दिन नसक्ने मान्छे राख्ने कुरा पनि त भएन नि ।’तर, यसरी जनशक्ति आवद्ध हुँदा भेटायोले कुनै पनि शुल्क लिँदैन ।सँगै, कसैले कुनै कामको लागि भेटायोमा जनशक्ति माग गर्दा भेटायोमा रहेका ‘भेटायो असिस्टेन्ट’हरुले अर्डर गर्ने ग्राहकलाई उतैबाट फोन गर्छन् र अर्डर कन्फर्म गर्छन् । त्यसपछि अर्डर गर्ने ग्राहकले सुनाएको समस्या अनुसार ग्राहकको ठेगानामा समस्या पहिचानका लागि भेटायोबाट प्राविधिक खटिन्छन् । ग्राहकले भनेको भन्दा फरक खालको समस्या देखियो भने पनि त्यसरी समस्या पहिचानका लागि फिल्डमा खटिएका जनशक्तिलाई ग्राहकले कुनै शुल्क तिर्नुपर्दैन ।समस्या पहिचान भएपछि दक्ष जनशक्ति आएर काम गर्छन् । काम सकिएपछि मात्रै शुल्क तिर्नुपर्छ । यति घण्टा वा यति समयका आधारमा नभई काम सम्पन्न भएपछि मात्रै शुल्क तिर्नुपर्छ । समस्या अनुसार एउटा ‘स्ट्याण्डर्ड प्राइस’ एप्समै पनि राखिएको हुन्छ ।तर, सामान नै फेर्नुपर्ने रहेछ भने सामानको शुल्क तिर्नुपर्छ । यसमा पनि भेटायोबाटै सामान ल्याएर जडान गर्ने र उपभोक्ता आफैँले ल्याएर भेटायोका प्राविधिकमार्फत जडान गराउन सक्ने विकल्प छ । कसरी रजिष्टर्ड गर्ने ?एप्पल स्टोर र गुगल प्ले स्टोर दुबैबाट भेटायो डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरिसकेपछि इमेल आइडी वा मोबाइल नम्बर राखेर ‘रजिष्टर्ड’ गर्नुपर्छ । रजिष्टर्डका लागि ६ अंकको पासपोर्ट राख्नुपर्छ । एकपटक पासपोर्ट राखेपछि सेभ भइरहन्छ ।अहिले काठमाडौँ उपत्यकामा केन्द्रित रहेको भेटायोको सुविधा निकट भविष्यमा काठमाडौँ बाहिर पनि पुग्ने लक्ष्य लिइएको सीईओ शाक्य बताउँछिन् ।भेटायोमा अंशु शाक्य र रोशनमान महर्जनसहित ४ जना युवाहरुको लगानी साझेदारी छ ।तिहारमा ५८ सयमै घरमा झिलिमिलि बत्तीभेटायो एपले तिहारमा उत्सव मनाउन भन्दै “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर ५ हजार ८ सयमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ ।एपका अनुसार यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनको लागि मात्र रहने छ । भेटायोले आफैँले सिमित दिनको लागि २ हजार एलईडी बत्ती जडान गरिदिने छ । बुकिङ अवधि सकिएपछि बत्ती निकालेर लैजानेछ ।सफाई, पेन्टिङ र लुगा धुने काममा समेत १५ प्रतिशत छुटकोे व्यवस्था गरिएको छ । सरसफाई, पेन्टिङ, लुगा धुने र सवारी साधन धुन १५ प्रतिशतसम्म छुट बाहेन तिहारको अवसरमा महा दक्षिणा प्रोमो कोड प्रयोग गरी थप ५ प्रतिशत छुट पाउन सकिन्छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई छिटो छरितो र आधुुनिक बैंकिङ सेवा तथा सुुविधा प्रदान गर्दै आइरहेकोमा हाल यस विकास बैंकबाट जारी गरिएका बैंक ब्यालेन्स सर्टिफिकेट जस्ता कागजातहरुको सम्बन्धित संस्था तथा व्यक्तिहरुले सिधै विद्युुतीय प्रणालीको माध्यमबाट विकास बैंकको वेबसाइटमा लगइन गरी अनलाइन भ्यालिडेसनबाट यस बैंकबाट जारी गरेका कागजातहरुमा रहेको भ्यालिडेसन कोड नम्बरको प्रयोग गरी उक्त कागजातहरुको वैद्यताको बारेमा रुजुु गर्न सकिने सिष्टममा ब्यवस्था सुुरु गरेको जनाएको छ ।