काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेककोे अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने सुविधा ल्याएको छ । बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लिखित क्यूआर स्क्यान गरेर तथा बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिने निक्षेप प्रमुख हेमराज सन्ज्यालले जानकारी दिए ।
‘बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुविधाको व्यवस्था गरेको छ । यसअन्तर्गत गुड फर पेमेन्ट चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ,’ उनले भने । यस सुविधाको शुरुआतसँगै नक्कली ब्यालेन्स सर्टिफिकेट र नक्कली गुड फर पेमेन्ट चेकबाट ग्राहकलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकको विश्वास छ । बैंकले सातै प्रदेशमा १३२ शाखा कार्यालय र १२२ एटीएममार्फत सेवा दिँदै आएको छ ।