सांग्रिला बैंकद्वारा जारी कागजात विद्युुतीय प्रणालीमा

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई छिटो छरितो र आधुुनिक बैंकिङ सेवा तथा सुुविधा प्रदान गर्दै आइरहेकोमा हाल यस विकास बैंकबाट जारी गरिएका बैंक ब्यालेन्स सर्टिफिकेट जस्ता कागजातहरुको सम्बन्धित संस्था तथा व्यक्तिहरुले सिधै विद्युुतीय प्रणालीको माध्यमबाट विकास बैंकको वेबसाइटमा लगइन गरी अनलाइन भ्यालिडेसनबाट यस बैंकबाट जारी गरेका कागजातहरुमा रहेको भ्यालिडेसन कोड नम्बरको प्रयोग गरी उक्त कागजातहरुको वैद्यताको बारेमा रुजुु गर्न सकिने सिष्टममा ब्यवस्था सुुरु गरेको जनाएको छ ।