सन् १९८२ तिरको कुरा हो, बलिउड अभिनेता संजय दत्तले भर्खर बलिउड प्रवेश गरेका थिए। पहिलो फिल्म 'रकी'को सफलतापछि उनलाई भ्याइ नभ्याइ थियो।उनलाई डेब्यू त आफ्नै बाबुले गराएका थिए तर राकेश कुमार, सुभाष घई, असिम सामन्थ, राजेन्द्र प्रसादजस्ता निर्देशकले पनि उनको अभिनय मन पराएका थिए र उनलाई एकपछि अर्को फिल्मको अफर आइरहेको थियो।त्यो बेलाका चर्चित अभिनेता, निर्देशक तथा निर्माता सुनील दत्तले एउटा सुपरस्टार जन्माएको गाइँगुइँ सुनिन थालेको थियो। सन् १९८२ मा उनले 'जोनी आई लभ य