भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह

२२ असोज, अछाम । भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् । एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन् । पार्टीको केन्द्रले टिकट वितरण […]

सम्बन्धित सामग्री

ओलीले टिकट नदिँदा एमालेले व्यहोरिरहेको घाटा

काठमाडौँ : नेकपा एमालेमा टिकट वितरणको सकसले नै चुनावी प्रसारमा केही असर देखिन थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर संघर्षको इगो साँधेर भीम रावल र घनश्याम भुसाललाई टिकट नदिएपछि एमालेभित्रको आन्तरिक संघर्ष अहिले सतहमा आइरहेको छ । टिकट नपाएपछि घनश्याम भुसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । छविलाल विश्वकर्मासँग […]

टिकट नपाउँदैमा रुवाबासी गर्नु नपर्ने ओलीको स्पष्टोक्ति

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन् । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने छ र भनि प्रश्न समेत गरे ।शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीको पक्षमा एक शब्द […]

अवसरै अवसर पाएकाहरुले सधैँ टिकट पाउनुपर्ने छैन : ओली

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले चुनावमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताउनु भएको छ  । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैँ टिकट पाउनुपर्ने छ र ? भनी प्रश्न समेत गर्नु भएको थियो । शनिवार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर त्यो अवसर अरुलाई दिइएको स्पष्टिकरण समेत दिनु भयो ।  ओलीले २०४८ सालदेखि पद, ओहोदा...

भीम रावल र घनश्यामले टिकट नपाएपछिको रुवाबासी काम छैन : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन्।भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने छ र? भनी प्रश्नसमेत गरे। शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनहाँले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर सो अवसर अरुलाई दिइएको स्पष्टीकरणसमेत दिए।ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरु ए

देशी विदेशीको षडयन्त्रकै कारण मेराे टिकट खाेसियोः भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले आफूलाई प्रतिनिधिसभाको टिकटबाट वञ्चित गरिनुमा देशी विदेशी षडयन्त्र भएको र त्यसमै परेर एमाले अध्यक्ष केपी ओलीले टिकट नदिएको बताएका छन् । बिहीबार कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो देशभक्त र राष्ट्रहितको तेजोबध गर्नकै लागि राजनीति सिध्याउन टिकट नदिइएको आरोप लगाए । उनले आफूले एमसीसीकाे विराेध गर्दा र विपक्षमा […] The post देशी विदेशीको षडयन्त्रकै कारण मेराे टिकट खाेसियोः भीम रावल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टिकट नदिएकबारे भोलि बोल्दै भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले पार्टीले उम्मेदवार नबनाएकोबारे भोलि आफ्नो धारणा पेश गर्ने बताएका छन्। अछाम-१ बाट सर्वसम्मत सिफारिसमा परेका रावलको ठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट दिएका थिए। रावलले आफूलाई उम्मेदवार नबनाएको बारेमा उचित समयमा बोल्ने बताउँदै आएका थिए। उनले क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको…

कमल थापालाई टिकट दिनु अनैतिकताको नमूना : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले पार्टीका मान्छेलाई टिकट नदिएर कमल थापालाई टिकट दिनु अनैतिकताको नमूना भएको टिप्पणी गरेका छन्।उनले सामाजिक संजालमा सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि केन्द्रले अन्ययपूर्ण किसिमले आफूलाई टिकट नदिएको तर अन्य व्यक्तिलाई टिकट दिएको गुनासो गर्दै एमालेमा के हुन लागेको भन्दै व्यंग्य गरेका छन्।उनले पार्टीमा अनैतिकताको नमूना देखिन थालेको गुनासो गरे। उनले लेखेका छन्,‘ अनैतिकताको नमूनाः कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर च

भीम रावल स्वतन्त्र उम्मेदवार नबन्ने, एमालेमै रहेर ओलीविरुद्ध लड्ने

काठमाडौं : नेकपा (एमाले)का नेता डा भीम रावल पार्टीले टिकट नदिएपछि यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। एमालेका तल्ला कमिटीहरुले रावललाई अछाम-२ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको थियो। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावललाई उम्मेदवार बनाउन अस्वीकार गरेका थिए। एमालेले टिकटबारे निर्णय गर्ने अधिकार ओलीलाई दिएको थियो। रावल…

भीम रावल र घनश्याम भुसाललाई गठबन्धनबाट चुनाव लड्न प्रस्ताव

एमालेले टिकट नदिएपछि नेता भीम रावल र घनश्याम भुसाललाई सत्ता गठबन्धनले गठबन्धनको तर्फबाट  निर्वाचन लड्न आग्रह गरेका छन् । रावल अछाम १ तथा रुपन्देही १ र ३ मा सिफारिस भएका भुसाललाई ति क्षेत्रमा एमालेले अन्य उम्मेदवार उठाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले रावल र भुसाल दुवैलाई आफ्नो कित्ताबाट निर्वाचन लड्न आग्रह गरेका हुन् । रावल र भुसाल दुवै अहिले आआफ्ना जिल्लामा छन् । भुसालले शनिबारै एमाले परित्याग गरेको घोषणा गरिसकेका छन् । उनले ४५ बर्षदेखि एमालेमा रहेर सम्पुर्ण सामर्थ्य लगाए