एमालेले टिकट नदिएपछि नेता भीम रावल र घनश्याम भुसाललाई सत्ता गठबन्धनले गठबन्धनको तर्फबाट निर्वाचन लड्न आग्रह गरेका छन् । रावल अछाम १ तथा रुपन्देही १ र ३ मा सिफारिस भएका भुसाललाई ति क्षेत्रमा एमालेले अन्य उम्मेदवार उठाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले रावल र भुसाल दुवैलाई आफ्नो कित्ताबाट निर्वाचन लड्न आग्रह गरेका हुन् । रावल र भुसाल दुवै अहिले आआफ्ना जिल्लामा छन् । भुसालले शनिबारै एमाले परित्याग गरेको घोषणा गरिसकेका छन् । उनले ४५ बर्षदेखि एमालेमा रहेर सम्पुर्ण सामर्थ्य लगाए