मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन कृषि क्रान्ति गर्नुपर्ने सुगा रटाइ वर्तमान प्रधानमन्त्रीबाट पनि बारम्बार दोहोरिरहेको छ । उनले कृषिक्षेत्रलाई उत्पादनतर्फ मोडेर मुलुकलाई आर्थिक रूपमा सबल बनाउनुपर्ने र कृषिक्षेत्रलाई नै प्राथमिकता नदिए मुलुकको अर्थतन्त्रमा सुधार गर्न नसकिने बताइरहेका छन् । कृषिलाई उच्च प्राथमिकतामा राखेर मुलुकलाई आत्मनिर्भरतर्फ लैजाने सरकारको पहिलो एजेन्डा रहेको विषयमा जोड दिइरहेका छन् । […]