काँग्रेस निकट नेपाल विद्यार्थी संघले लेखेको अभद्र नारा काठमाडौँ महानगरपालिकाले मेटाइदिएको छ । रत्नपार्कको आकाशे पुलको पर्खालमा लेखिएको अभद्र नारा महानगरपालिकाले मेटेको हो । ‘२०५८ सालदेखि हामीले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौँ’ काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने, ‘त्यहि बेलादेखि काठमाडौँ महानगरपालिकाले लिएको यो नीतिलाई कार्यान्वयन गर्दै आएका छौँ । त्यहि अनुसार नै ती