१५ वर्षे दिगो विकास लक्ष्य (एसडीजी) बारे काठमाडौँमा चर्का नारा र महँगा गोष्ठी हुने गरे पनि अहिलेसम्म अधिकांश स्थानीय तह यसबारे बेखबर रहेको पाइएको छ । सरकारले सन् २०३० भित्र भौतिक, आर्थिक र सामाजिक विकासका क्षेत्रमा कायापलट गर्ने उद्देश्य राख्दै एसडीजी कार्यान्वयनमा ल्याएको पाँच वर्ष पुगिसकेको छ । सरकारले आर्थिक बर्ष २०७३/७४ देखि वार्षिक बजेटमा एसडीजीका लक्ष्यहरू समावेश गरी बजेट विनियोजन थालेको थियो । चौधौं योजनादेखि नै एसडीजी कार्यान्वयन सुरु भएको थियो । अहिले पन्ध्रौँ योजना (२०७६/७७–