हाम्रो विशेष पर्व होली अर्थात् फागु पूर्णिमा सोमबार उपत्यकासहित पहाडी क्षेत्र र मंगलबार तराई क्षेत्रमा मनाइँदै छ। होली अर्थात् रङ्गहरूको पर्व स्थानपिच्छे फरकफरक हिसाबले मनाइन्छ। परिवार तथा साथीभाइ आफन्त परिचित तथा अपरिचितसँग पनि रमाइलो गरेर मनाइन्छ। आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने असत्यमाथि सत्यको जित सहित हर्ष, खुसी, उल्लासका साथ यो पर्व मनाउने गरिन्छ। […]