सांस्कृतिक संस्थानले आफ्नो कार्यक्षेत्र अर्थात् प्रदर्शनकारी कलाको परिधिभित्र रहेका विभिन्न पक्षलाई समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्ने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै संस्थानले आगामी २०७९ असार ५ गते ५० औं वार्षिकोत्सव मनाउन लागेको जानकारी समेत दियो ।सो अवसरमा संस्थानले प्रदर्शनकारी कलासँग जोडिएका विभिन्न पक्षजस्तै मौलिक भेषभूषा, गरगहना, जीवनशैली, रहनसहन, रीतिरिवाज, संस्कार, चाडपर्व, जात्रा, जातीय एवं सांस्कृतिक महत्वका विभिन्न फोटोहरू समेटेर सांस्कृतिक फोटो पुस्तक