काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले सांस्कृतिक गाउँ बनाउन शुरु गरेको बताएका छन्।शुक्रवार सांस्कृतिक संस्थानले आयोजना गरेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सरकारले देशका केही ठाउँमा सांस्कृतिक गाउँ बनाउन शुरु गरेको बताए। उनले एउटा गाउँबाट नेपालको पूरा सांस्कृतिक चित्र देखिने गरी सांस्कृतिक गाउँ बनाउन लागिएको बताए।उनले लोकगीत, उखानटुक्का, कथा, मुन्दुम र कैरनमा रहेका कतिपय विषय रेकर्ड