मृत्यु भएका मतदाताको नाम हटाइएन

दाङ : जिल्लामा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन। २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहले नामावली नपठाएकाले उनीहरूको नाम नहटाइएको हो। लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने बताए। ‘स्थानीय तहहरूले मृत्यु भएकाहरूको नाम पठाएनन्’, उनले भने, ‘त्यसैले पनि मृत्यु भएकाको नाम पनि समावेश हुन सक्छ।’ दाङमा दोहोरो नाम भएका मतदाताको मात्रै नामावलीबाट हटा