मृत्यु भएका मतदाताको नाम हटाइएन

दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । “स्थानीय तहहरूले मृत्यु भएकाहरूको नाम पठाएनन्”, उनले भने, “त्यसैले पनि मृत्यु भएकाको नाम पनि समावेश हुन सक्छ ।” दाङमा दोहोरो नाम भएका मतदाताको मात्रै नामावलीबाट ह