बुटवल–तानसेन सडक एकतर्फी खुल्यो

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल सडक एकतर्फी रुपमा संचालनमा आएको छ ।पहिरोका कारण आइतबार विहान देखि अवरुद्ध बुटवल तानसेन सडक एकतर्फी आज दिउँसो ४ बजेदेखि खुलेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पाल्पाको तानसेन नगरपालिका ८ डुम्रेमा खसेको केही पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको हो  । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्ली नारायण पाण्डेयले  सडक खुलेपछि रोकिएका सवारी साधनहरु  गन्तव्यतर्फ  लागेको रातोपाटीलाई बताए । । सडक अ

सम्बन्धित सामग्री

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका–५ कन्टारमा भासिएको सडक एकतर्फी संचालनमा आएको छ। सडक भासिँदा दिउँसो साढे १२ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध थियो।...

१३ घण्टापछि एकतर्फी खुल्यो राप्ती राजमार्ग

सल्यान : अवरुद्ध भएको झन्डै १३ घण्टापछि राप्ती राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।आइतबार बिहान साढे ७ बजेतिर राप्ती राजमार्गको श्रीनगर-कपुरकोट सडकखण्डको त्रिवेणी गाउँपालिका-५ टुनिबोटनजिकै सडकमाथिबाट ठूलो ढुंगा खस्दा सडक अवरुद्ध भएको थियो।दाङ तुलसीपुरबाट ढुंगा फुटाउने मेसिन आएपछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। एकतर्फी सडक सञ्चालनमा आएसँगै सवारीसाधन आ-आफ्नो गन्तव्यमा गइरहेको उनको भनाई छ।बिहानदेखि सडक अवरुद्ध हुँदा

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा खुलेको छ। बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।...

आँबुखैरेनीमा भासिएको सडक एकतर्फी खुल्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्याममा सडक भासिएपछि अवरुद्ध सडक एकतर्फी खुलेको छ ।  सडक भासिएपछि शुक्रबार बिहानैबाट अवरुद्ध सडक दिउँसोबाट एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सडकको भित्तातर्फ जेसिबीले काटेर फालेपछि साना सवारी पास भएपनि ठूला सवारी साधनलाई भने प्रवेशमा लगाइएको प्रहरीको भनाइ छ । सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार,  ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएका छन् । घटनामा दुई पुरुष

एकतर्फी खुल्यो बुटवल-तानसेन सडकखण्ड

आइतबार बिहानदेखि अवरूद्ध बनेको सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड एकतर्फी खुलेको छ।

नारायणगढ–मुग्लिङ सडक खण्ड एकतर्फी खुल्यो

काठमाण्डाै - पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिङ सडक खण्ड एकतर्फी खुलेको  छ । पहिरोका कारण हिजो बेलुका सात बजेदेखि बन्द भएको सडक केहीबेर अघिदेखि एकतर्फी खुलाइएको चितवनका सहायक  प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो । काठमाण्डौ प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक खण्डमा झन्डै एक हप्तायता पहिरोले लगातार समस्या पार्दै  आएको छ । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने क्रम चलिरहेको छ । पहिरो पन्छा...

मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुल्यो

काठमाण्डाै - लगातारको वर्षाका कारण बन्द मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुलेको छ । तीन किलो, चार किलो र सेतीदोभानमा खसेको पहिरो हटाएर एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसैबीच तनहुँको भानु नगरपालिका एक रमाइलो डाँडामा पहिरो खसेपछि लमजुङ-बेसीसहर सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ ।

एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग

पाल्पा : सिद्धार्थ राजमार्ग खुलेको छ। पाल्पास्थित सिद्धार्थ राजमार्ग ३ दिनदेखि पहिरोले बन्द थियो। बिहीबार दिउँसो करिब ३ बजेदेखि राजमार्ग एकतर्फी सुचारु भएको हो। सडक एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।बिहानदेखिको निरन्तर प्रयासपछि सुचारु भएको हो। राजमार्ग सुचारु भएपछि तीन दिनदेखि रोकिएका सवारी साधन गन्तव्यतर्फ जान पाएका छन्। स्काभेटरको सहायताले पहिरो पन्छाउने काम गरिएको थियो।लगतार चार दिनसम्म परेको अविरल वर्षासँगै झरेका पह

तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आज दिउँसो ३ बजेपछि  खुलेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै खसेको पहिरो सडक कार्यालयको डोजरले हटाएपछि एकतर्फी रुपमा खुलेको हो । सडक एकतर्फी रुपमा सूचारु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले रातोपाटीलाई जानकारी दिए ।तीन दिनदेखि रोकिएका सवारी साधन अहिले आ–आफ्नो  गन्तव्यतर्फ लागेका छन् । यता मंगलबार मध्यान्हदेखि महेन्द्र