चुनाव जितेपछि धवलशमशेरले भने- क्षमताले भ्याएसम्म जनता र देशका लागि योगदान गर्छु

काठमाडौं । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले नागरिकका इच्छा र आकांक्षा पूरा गर्न हरतरहले लागिपर्ने बताएका छन् । निर्वाचित भएपछि उनले भने, ‘आम मतदाताको सद्भावले विजयी भएँ । उहाँहरुको आशा र आकांक्षालाई पूरा गर्न हरतरहले लागिपर्नेछु । उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।’ राणाले आफ्नो क्षमता र […]

सम्बन्धित सामग्री

३९ देशका कला प्रदर्शन गरेर शुरु भयो 'अन्तरराष्ट्रिय जलरङ महोत्सव'

काठमाडौँ : विभिन्न ३९ देशका कलाकृति प्रदर्शनीसहित काठमाडौँमा आजदेखि तेस्रो अन्तरराष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तरराष्ट्रिय वाटरकलर फेष्टिवल) शुरु भएको छ। बबरमहलस्थित नेपाल कला परिषद्‍मा शुरु महोत्सवको आज युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरे। उक्त समारोहमा बोल्दै उनले  कलाले मुलुकको पहिचान विश्वसामु पुर्‍यउने र पर्यटन विकासमा योगदान गर्ने भएकाले यसको विकास गर्नु अत्यन्त जरुरी रहेको औँल्याए। उनले कला क्षेत्रको विकास र प्रवर्द्धनका लागि आफ्नो क्षेत्रबाट सम

देशमा अतुलनीय योगदान दिएका व्यक्तिलाई नयाँ पुस्तामा चिनाउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अतुलनीय योगदान दिएका व्यक्तिलाई चिनाउने कार्यक्रम सरकारले तयार गर्नुपर्ने बताउनुभएको छ । मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले वर्षभरका कार्यक्रम बनाउँदा देशका लागि अतुलनीय योगदान दिएका डा.गौरीशंकरलाल दासको कार्यक्रम राख्नुपर्ने बताउनुभयो । महामन्त्री थापाले डा. दासले गरेका जीवनका […]

भ्रष्टाचार नियन्त्रणमा दाताको योगदान

भ्रष्टाचार विश्वकै साझा समस्या हो । प्रायः धेरै देशका राजनीतिज्ञ, कर्मचारी, व्यापारी, उद्योगपतिलगायत सचेत नागरिकसमेत भ्रष्टाचारमा लिप्त भएको पाइन्छ । कतिपय स्थानमा यो पहिचान नै गर्न सकिएको छैन भने भ्रष्टाचारीलाई प्रोत्साहित गर्ने समेत गरेको पाइएको छ । यदि यसलाई निस्तेज गर्ने प्रकारका नीति, कानुन र संरचनाको निर्माण गर्दै प्रतिबद्ध नहुने हो भने समाजलाई अत्यन्त प्रदूषित […] The post भ्रष्टाचार नियन्त्रणमा दाताको योगदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन् २०२३ मा नेपाली पर्यटन

नेपाली पर्यटनको उत्थान र प्रवद्र्धन गर्ने सुरुवातकर्ता विदेशी नागरिकहरू थिए । त्यसैले नेपाली पर्यटन प्रवद्र्धन गर्नमा विदेशी नागरिकको महत्वपूर्ण योगदान थियो भन्ने कुरा हामीले कदापि बिर्सनु हुँदैन । त्यसमा पनि विशेष गरेर बेलायती, जर्मन, जापनिज, स्वीस, रूसी, फ्रान्सिसी, इटालीयन आदि देशका नागरिकले नेपाली पर्यटन प्रवद्र्घन गर्न योगदान गरेका थिए । त्यसैले हामीले उनीहरूले गरेको त्यो […]

सत्यमोहन जोशीका असल कार्यहरू देशका लागि प्रेरणा

प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरू देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन् ।प्रधानमन्त्री देउवाले उहाँले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदान र लेख्नु भएको कीर्ति संरक्षण र सम्वर्दन गर्दै मुलुकको विकास गर्न सके उनको साँचो अर्थमा कदर हुने पनि स्पष्ट पारे । स्वर्गीय जोशीको १३ औं पुण्यतिथिको अवसर […]

नागरिकका १४ वर्ष

देश राम्रो हुँदै गयो भने हामी सबैको स्थिति स्वतः राम्रो हुँदै जानेछ। नागरिक पनि देशका निम्ति थप योगदान गर्न परिपक्व हुँदै जानेछ। हाम्रो यो यात्रामा साथ दिनुहुने सबैमा आभार व्यक्त गर्छौ।...

निकासी उत्थानमा गलैंचा उद्योगको योगदान

नेपालको व्यापारघाटा कम गर्न चालिनुपर्ने उपायहरूमा गुणस्तरयुक्त गलैंचालगायतका उत्पादनहरूका लागि अरू थप कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ । नेपालबाट एकै ब्रान्डमा गलैंचा उत्पादन गरी निकासी गर्न सके अमेरिकीलगायत अरू समुद्रपार देशका बजारमा प्रतिस्पर्धा सजिलो हुने सुझाव व्यवसायीले दिने गर्छन् । गलैंचाप्रति आकर्षण बढे पनि कम उत्पादन र ब्रान्डको समस्याले मागअनुसार निकासी हुन सकेको छैन । राजनीतिक अस्थिरता, […]

वैदिक नेपाल निर्माणमा लागेका पूर्वमन्त्री बाँस्कोटा सम्मानित

विश्व शान्ति राष्ट्रले नेपालमा वैदिक शिक्षाको प्रचारप्रसारमा योगदान गरेको भन्दै पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मान गरेको छ । वैदिक ज्ञानको प्रचारप्रसारमा योगदान गरेका विश्वका छ देशका नेतालाई आइतबार आयोजित दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा रहेको महर्षि वैदिक इन्ष्टिच्युट परिसरमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले महर्षि नेतृत्वदायी पदकबाट सम्मानित गरेका हुन् । कार्यक्रम महर्षि विश्वव्यापी अभियानको मुख्यालय नेदरल्याण्ड्सबाट जुम प्रविधिमार्फत प्रत्यक्षरूपमा आयोजना गरिएको थिय...

रेमिट्यान्समा महिलाको योगदान

समयको परिवर्तनसँगै वैदेशिक रोजगारीमा जाने नेपाली महिलावर्गको पनि संख्या दिनप्रतिदिन बढेको देखिन्छ । कुनै बेला चूल्हो र चौकामा सीमित रहने महिलाहरूको श्रम र शीप अहिले विश्वबजारमा बिक्न थालेको छ । आफ्नो परिवारको वृत्तिविकासमा महिलाहरूको यो त्याग भनौं वा कर्तव्य पक्कै पनि सह्राहनीय रहेको छ । उनीहरूले पनि आफूलाई पुरुष जतिकै वैदेशिक रोजगारीको क्षेत्रमा अब्बल साबित गर्दै लगेका छन् । नेपाल भित्रने कुल रेमिट्यान्स (विप्रेषण) को ११ प्रतिशत महिलाहरूको योगदान रहेको छ । समाजमा अझै पनि महिला र पुरुषका बीचमा लैंगिक विभेद कायम भएको पाइए पनि आर्थिक वृत्तिविकासका सन्दर्भमा महिलाको स्थितिलाई भने कम आँक्न मिल्दैन । नेपाली महिलाका तुलनामा अन्य देशका महिला श्रमिक तालीम प्राप्त, अनुभवी र शीपयुक्त भएका देखिन्छन् । शीप नभएका कारण एउटा कामका लागि स्वीकृत लिएर अर्कैै कामका लागि अर्को कुनै देशमा जानुपर्ने बाध्यता नेपाली महिला श्रमिकको छ । वैदेशिक रोजगारीमा गएका महिलाले आफ्नो परिवारको आर्थिक अवस्था सृदृढ पार्न सफल भएका छन् । उनीहरूले विदेशमा कमाएको रकमबाट परिवारको शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रमा अमूल्य सहयोग भएको छ भने आर्थिक स्तर वृद्धिमा समेत योगदान पुगेको छ । घरेलु उद्योग खोलेर आफ्नो परिवार तथा समाजमा केही योगदान दिने काममा समेत वैदेशिक महिलाको रोजगारीले प्रत्यक्षरूपमा सघाउ पुर्‍याएको छ । देशमा भित्रने कुल विप्रेषणमा ११ प्रतिशतभन्दा बढी विप्रेषण महिलाहरूले पठाएको तथ्यांकमा देखिन्छ । जसले आफ्नो समाज र परिवारप्रति महिलाहरूको उत्तरदायित्व व्यापकरूपमा रहेको झनै स्पष्ट देखिन्छ । यसले महिलाहरू आर्थिक रूपमा पनि दिनप्रतिदिन सबल बन्दै छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ । त्यसैले भूगोलका कुनै पनि कुनामा गएर नेपाली महिलाले आफ्नो श्रम र शीपलाई विदेशी भूमिमा खर्चिरहेका छन् । विगतका ५ वर्षयता वैदेशिक रोजगारीका लागि विदेशिने महिलाको संख्या बढिरहेको छ । तर, वैदेशिक रोजगारीमा जाने महिलाहरूको आवश्यक दक्षता, अनुभव र शीपमा कमी भएका कारण उनीहरूलाई वैदेशिक रोजगारी थप चुनौती र सकस पनि बढेको देखिन्छ । विदेश जाने महिलाहरूमा शीपविना विदेश जानेको संख्या बढिरहेको तथ्यांकले देखाएको छ । त्यसैले उनीहरूले आफ्नो शीप अभिवृद्धि गर्नुपर्ने देखिन्छ । वैदेशिक रोजगारीमा जाने कुल महिला श्रमिकमध्ये ५८ दशमलव ८४ प्रतिशत त कुनै शीपविना नै विदेश गएको तथ्यांकले देखाउँछ । यसमा उच्च दक्षता भएका महिलाको संख्या शून्य दशमलव शून्य ६ प्रतिशतमात्र रहेको छ । त्यस्तै पुरुषको पनि संख्या हाराहारीमा उही नै रहेको छ । आर्थिक वर्ष २०७५/७६ को प्रगति प्रतिवेदनअनुसार गतवर्ष सबैभन्दा धेरै महिला कामका लागि कुुवेत गएको देखिन्छ भने त्यसपछिका प्रमुख गन्तव्यमा जर्मनी, माल्दिभ्स, माल्टा, डेनमार्क, जर्मनी र इजरायल बनेका छन् । उक्त देशमा व्यक्तिगत रूपमा श्रमस्वीकृत लिनेमा ८० प्रतिशतभन्दा बढी महिला रहेका छन् । प्रतिवेदनअनुसार व्यक्तिगत श्रमस्वीकृति लिने कुल १ लाख १५ हजार ३९८ मध्ये २७ दशमलव ६ प्रतिशत अर्थात् ३१ हजार ८२० महिला रहेका छन् भने पुनः श्रमस्वीकृति लिनेमा महिलाको संख्या कुल श्रमस्वीकृत लिनेकै हाराहारीमा अर्थात् ४५ प्रतिशत देखिन्छ । कुल १५ लाख ८७ हजार ६५४ पटक पुनः श्रमस्वीकृति लिएकामा महिलाको संख्या ६४ हजार ५०७ रहेको छ । कुवेतमा हालसम्म संस्थागतरूपमा श्रमस्वीकृतिमा ५ हजार ४१ महिला गएको देखिन्छ भने व्यक्तिगत रूपमा जानेको संख्या २० हजार २७८ देखिन्छ । भारतसहित ६५ भन्दा बढी देशमा १ लाख ५० हजारभन्दा बढी महिला वैदेशिक रोजगारमा आबद्ध छन् । प्रायः नेपाली महिला विदेशमा घरेलु कामदारका रूपमा त्यहाँ जाने गरेको पाइन्छ । वैदेशिक रोजगारीको जिल्लागत विवरण हेर्दा झापा, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोक श्रमस्वीकृत लिनेमा अगाडि छन् । वैदेशिक रोजगारीमा जाने महिलाको कुल संख्या विश्लेषण गर्दा वाग्मती प्रदेशअन्तर्गतका जिल्लाका महिलाको नै बाहुल्य पाइन्छ । कुवेतमा हालसम्म संस्थागतरूपमा श्रमस्वीकृति लिने ५ हजार १५१ महिला भएकोमा व्यक्तिगत रूपमा त्यहाँ काम गर्न जाने महिला कामदारको संख्या २० हजार २८७ रहेको छ । त्यसपछि जर्मन, डेनमार्क, माल्टा, माल्दिभ्समा बढीमात्रामा श्रमस्वीकृति लिएर जानेको संख्या देखिन्छ । स्वीडेनमा व्यक्तिगत तवरले जाने महिलाहरू बढी रहेका छन् । कुवेत, डेनमार्क, जर्मनी र इजरायलमा व्यक्तिगत श्रमस्वीकृति लिनेमा महिला ८० प्रतिशतभन्दा बढी रहेको पाइन्छ । नेपाली महिलाका तुलनामा अन्य देशका महिला श्रमिक तालीमप्राप्त, अनुभवी र शीपयुक्त भएका देखिन्छन् । शीप नभएका कारण एउटा कामका लागि स्वीकृत लिएर अर्कै कामका लागि अर्को कुनै देशमा जानुपर्ने बाध्यता नेपाली महिला श्रमिकको छ । यसका कारण महिलाहरू बढी हिंसामा पर्न पुगेको देखिन्छ । त्यसो त जोखिम मानिएका देशमा व्यक्तिगत श्रमस्वीकृतिमा जाने महिलाको संख्या ज्यादा रहेको छ । गतवर्षको वैदेशिक रोजगार बोर्डको प्रतिवेदनमा समेत सबैभन्दा बढी महिलाको मृत्यु हुने देश कुवेत र यूएई देखिन्छ । त्यहाँ महिला कामदारलाई मालिकहरूले मानसिक र शारीरिक यातना दिने गरिएको पाइन्छ । रातदिन काम गरेर पनि उनीहरूले तलब पाउन सकेको देखिँदैन । वैदेशिक रोजगारमा जानेहरू म्यानपावर कम्पनीबाट बढी ठगिएको घटना सार्वजनिक भएका छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले वैदेशिक रोजगारका क्रममा अंगभंग भएका, मृत्यु भएका र गम्भीर प्रकृतिका बिरामी भएका परिवारका एक सदस्यलाई निःशुल्क प्राविधिक शिक्षा वा तालीम दिने व्यवस्था गरेको छ । यसबाट वैदेशिक रोजगारीका लागि जानेका परिवारलाई केही भए पनि राहत मिल्ने देखिन्छ । वैदेशिक रोजगारमा जानुपूर्व विभिन्न तयारी गरेर जाने गर्दा वा सम्बद्ध म्यानपावरबाट सबै कुरा बुझेर जाने हो भने पनि केही हदसम्म महिला श्रमिकले पाउने पीडा न्यून हुन पुग्छ । त्यसैले आगामी दिनमा वैदेशिक रोजगारीमा जाँदा महिलाहरूले तालीम, भाषालगायत अनिवार्य विषयमा दक्षताप्राप्त गरेर मात्र कदम चाल्नु उपयुक्त हुन्छ । लेखक ग्रामीण आदर्श कलेजमा अध्यापन गर्छन् ।