काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रधानमन्त्री देउवाले विभिन्न भाषा, साहित्य, दर्शन र समाजशास्त्रको संरक्षणमा पनि प्रतिष्ठानले योगदान पुर्याउँदै आएको भन्दै सरकार पनि यसको प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताएका हुन्। मुलुकको नयाँ […]