विश्व शान्ति राष्ट्रले नेपालमा वैदिक शिक्षाको प्रचारप्रसारमा योगदान गरेको भन्दै पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मान गरेको छ ।
वैदिक ज्ञानको प्रचारप्रसारमा योगदान गरेका विश्वका छ देशका नेतालाई आइतबार आयोजित दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा रहेको महर्षि वैदिक इन्ष्टिच्युट परिसरमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले महर्षि नेतृत्वदायी पदकबाट सम्मानित गरेका हुन् । कार्यक्रम महर्षि विश्वव्यापी अभियानको मुख्यालय नेदरल्याण्ड्सबाट जुम प्रविधिमार्फत प्रत्यक्षरूपमा आयोजना गरिएको थिय...