देश राम्रो हुँदै गयो भने हामी सबैको स्थिति स्वतः राम्रो हुँदै जानेछ। नागरिक पनि देशका निम्ति थप योगदान गर्न परिपक्व हुँदै जानेछ। हाम्रो यो यात्रामा साथ दिनुहुने सबैमा आभार व्यक्त गर्छौ।...
पशुपतिनाथ मन्दिरको पूर्वी ढोका १४ वर्ष पछि खुलेको छ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी ढोका खोलेको हो । पशुपतिनाथका मूल भट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुँदै आएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालीलाई मुल भट्ट बनाउने प्रयास बिबादमा परे पछि सुरक्षाका कारण देखाउँदै पूर्वी ढोका बन्द हुँदै आएको थियो । तर, यस वर्ष तीजको अवसरमा भने सो ढोका खोलिएको हो । पशुपतिनाथको पूर्वी ढोका खोले
४ असार, काठमाडौं । रुसले एक जना अमेरिकी कूटनीतिज्ञलाई १४ वर्ष जेल सजाय सुनाएको छ । रुसको मस्को स्थित एक अदालतले अमेरिकी नागरिक मार्क फोगेललाई गाँजा तस्करी गरेको आरोपमा १४ वर्ष जेल सजाए सुनाएको बीबीसील लेखेको छ । अदालतले एक विज्ञप्तिमार्फत भनेको छ, ‘अमेरिकी नागरिक फोगेल दोषी पाइयो ।’ फोगेलले यसअघि मस्कोस्थित अमेरिकी दूतावासमा काम […]
काठमाडाैं । सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई नशालु पदार्थ खुवाएर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई १४ वर्ष जेल सजाय गर्न प्रहरीले माग गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आठ वर्षअघि आयोजित एउटा सौन्दर्य प्रतियोगिताकी एक सहभागीलाई शोषण गर्ने उद्देश्यले झुक्याएर जबरजस्ती करणी गरेको निष्कर्ष निकाल्दै १४ वर्षको जेल सजाय माग गरेको हो । […]
The post बलात्कार आरोपी पाण्डेलाई १४ वर्ष जेल सजाय गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएको छ । बि.सं २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दै २ सय ४० वर्ष पूरानो राजतन्त्रको अन्त्य गर्यो । जसले राष्ट्र प्रमुखको रुपमा रहेको शाह बंशीय परम्पराको जरो किलो उखेल्यो र देशको शासन सत्ता नागरिकको हातमा आयो । १९ […]
म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि भकुण्डेचौरस्थित वडा नं २ कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्रयाक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु भएपछि ग्रेड नमिलेको हिलाम्ये सडकमा मोटरसाइकलसमेत चलाउन मुस्किल भएको स्थानीयवासीको गुनासो छ । ट्रयाक खुलेको १४ वर्ष वितिसक्दा पनि यो सडकमा न यातायातका साधन नै सञ्चालन भएका छन् न त सडकको स्तरोन्नतिमा नै कस
काठमाण्डाै – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हटाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको २ गको मन्त्रीस्तरीय निर्णयबाट एसईईका लागि रहेको १४ वर्ष उमेरको थ्रेसहोल्ड हटाएको र त्यसको सूचना प्राप्त भएर कार्यान्वयनमा गएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।अरू देशमा रहेको व्यवस्था र नेपालमा कतिपय विद्यार्थीहरू १४ वर्षअघि नै कक्षा १० मा पुग्ने क्रम सुरु भएकोले कक्षा १० को वार्षिक परीक्षामा रहेको उमेर हद हटाएको उहाँले बताउनुभयो ।बालबालिकाक...
२६ भदौ, काठमाडौं । २ सय १४ वर्ष पुरानो मानिने नासः मन्दिरको जिर्णेद्वारा सम्पन्न भएको छ । जिर्णेद्वारा सम्पन्न भएपछि शनिबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्र शाक्यले नासः मन्दिरको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मेयर शाक्यले सम्पदा संरक्षण र पुर्ननिर्माणको अभियानमा काठमाडौँ महानगरपालिका निरन्तर लागि रहेको बताए । प्रमुख शाक्यको गृह वडा–२१ को सवल बहालमा […]