यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो । तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले रातोपाटीलाई जानकारी दिए । ‘दसैँतिहारको मुखमा यात्रुहरूको सहजताका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ला गर्ने भन्ने सन्दर्भमा अहिल