काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापा र सुरेन्द्र महतोले बहस गरेका छन् भने अर्का वरिष्ठ अधिवक्ता शेरबहादुर केसीको बहस सकिएको छैन । उनले बुधवार पनि बहस गर्दैछन् ।थापा र महतोले राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओली धारा–७६ (१) अनुसारका हुन् भनेर राजपत्रमा सूचना प्रकाशन नगरेको बताए । संविधानले ओलीलाई ७६ (२) को प्रधानमन्त्रीको रुपमा मात्र चिन्ने दावी गर्दै वरिष्ठ अधिवक्ता महतोले भने–‘आजसम्म राजपत्रमा छापेको छैन्, अब पुरानो मितिमा र