प्रतिनिधिसभा विघटनको मुद्दामा शेर बहादुर देउवासहितका सांसदको रिटमा बहस शुरु भएको छ । बुधवार ५ जना अधिवक्ताले बहस गरे । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले बहस गरेका छन् ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको तर्फबाट बहस गरेका वकिलहरूले मुख्यतः दुईवटा कुरा उठाए । राष्ट्रपतिको गलत भूमिका र धारा ७६ (५)मा दलको ह्विप नलाग्ने कुरा उनीहरुले उठाएका छन् ।अधिवक्ता गोविन्द शर्मा बन्दीले राष्ट्रपति र प्रधानमन्त्री मिल