सर्वोच्च अदालतले ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, विक्री र वितरणमा प्रतिबन्ध लगाएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तव्यको बुँदा नम्बर १६० लाई कार्यान्वयन गर्दै ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक तथा त्यसबाट बनाइने झोला उत्पादन, आयात, विक्री र वितरणमा रोक लगाउन आदेश दिएको हो ।
‘प्लाष्टिकको झोला (४० माइक्रोन भन्दा पातलो को प्रयोगबाट सृजना हुने प्रतिकूल वातावरणीय प्रभाव वा दुर्घटनालाई रोकी स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौल...