एजेन्सी। अमेरिकी व्हिसलब्लोअर एडवर्ड स्नोडेनले जासूसी सफ्टवेयरको अन्तर्राष्ट्रिय कारोबारमा प्रतिबन्ध लगाउन माग गरेका छन्। ‘पेगासस स्पायवेयर’ मार्फत भारत सरकारले कुटनीतिज्ञ, वकिल, पत्रकार, नेता, व्यापारी लगायतको फोन ह्याक गरी सूचना चोरी गरेको खबरहरु प्रकाशित भइरहेका बेला उनले यस्तो माग गरेका हुन्। बेलायती अखबार द गार्जियनसँगको अन्तर्वार्तामा उनले भनेका छन्,“यस्ता जासूसी सफ्टवेयरको बिक्रीमाथि रोक नलगाए विश्वका कुनै पनि मोबाइल सुरक्षित रहने छैनन्।”