प्रतिबन्ध लगाएको वस्तुको आयात नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं : सरकारले बिलासी गाडी, मोबाइल मदिरा र मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएसँगै ती वस्तुहरुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ। सरकारले गत सोमवार राजपत्रमा सूचना जारी गर्दै १० मध्ये ४ वस्तुको आयात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यो निर्णय पालना गर्न राष्ट्र बैंकले बिहीवार बैंक तथा वित्तीय संस्थाका नाममा…

सम्बन्धित सामग्री

प्रतिबन्धको बेलाभन्दा पनि कम आयात

दुई वर्षअघि यही बेलातिर नीति निर्मातालाई अत्याएको आयात घट्नुलाई राम्रो मान्नुपर्नेमा यसले अर्थतन्त्र चलायमान हुन नसकेको र आर्थिक वृद्धिका लागि बढ्नुपर्ने बजार माग घटेको देखाएकाले सबैका लागि चिन्ताको विषय बनेको छ । काठमाडौं। चालू आर्थिक वर्ष (आव) को ५ महीनामा केही वस्तु आयातमा प्रतिबन्ध लागेको गतवर्षको सोही अवधिको भन्दा पनि कम वस्तु आयात भएको तथ्यांक आइतवार भन्सार विभागले सार्वजनिक गरेको छ । यसले सरकार र केन्द्रीय बैंकको प्रयास हुँदाहुँदै पनि आर्थिक गतिविधि चलायमान हुन नसकेको तथा बजारमा माग सृजना नभएको देखाउँछ ।  अघिल्लो आव २०७९/८० को साउनदेखि मङ्सिरसम्ममा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो । यसपालि ६ खर्ब ४२ अर्ब २० करोडमा सीमित भएको छ । यसपालिको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ३९ प्रतिशतले कम हो ।  गतवर्ष भदौ १४ गतेसम्म २०७९ वैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयातमा लगाइएको प्रतिबन्ध कायमै थियो । फलस्वरूप उक्त अवधिसम्म एम्बुलेन्स र शववाहनबाहेकका कार, जीप भ्यान, औद्योगिक कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल र ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, कुरकुरे लेजजस्ता खानेकुरा, ३२ इन्चभन्दा ठूलो आकारका रंगीन टेलिभिजन, खेल्ने तास, कच्चा पदार्थबाहेकको हीरा, कच्चा पदार्थबाहेकको चुरोट तथा सुर्तीजन्य वस्तु र सबै प्रकारका खेलौना आयात हुन पाएको थिएन ।  भदौ १४ पछि कुरकुरे लेजजस्ता खानेकुरा, ३२ इन्चभन्दा ठूलो आकारका रंगीन टेलिभिजन, खेल्ने तास, कच्चा पदार्थबाहेकको हीरा, कच्चा पदार्थबाहेकको चुरोट तथा सुर्तीजन्य वस्तु र सबै प्रकारका खेलौना आयात प्रतिबन्ध फुकुवा गरिएको थियो । बाँकी वस्तुको आयात प्रतिबन्ध मङ्सिर मसान्तसम्म कायमै थियो । पोहोर पुस १ गतेबाट बाँकी चार वस्तु आयातमा कायम प्रतिबन्ध हटे पनि कुल आयात नबढेको भन्सारको तथ्यांकले पुष्टि गरेको छ ।  दुई वर्षअघि यही बेलातिर नीति निर्मातालाई अत्याएको आयात घट्नुलाई राम्रो मान्नुपर्नेमा यसले अर्थतन्त्र चलायमान हुन नसकेको र आर्थिक वृद्धिका लागि बढ्नुपर्ने बजार माग घटेको देखाएकाले सबैका लागि चिन्ताको विषय बनेको छ ।  कात्तिकको तुलनामा मङ्सिरमा आयातनिर्यात दुवै बढेको देखिए पनि यसले खासै अर्थ राख्दैन । गत कात्तिकमा दशैं, तिहारजस्ता प्रमुख पर्वका कारण लामो बिदा परेकाले अरू महीनाको तुलनामा आयातनिर्यात घटेको देखिएको हो । दशैं र तिहारका कारण कात्तिकमा १६ दिन मात्रै सरकारी कार्यालय र बैंक, वित्तीय संस्था खुलेका थिए ।  विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत मङ्सिरमा १ खर्ब २९ अर्ब ७० करोड रुपैयाँको वस्तु आयात हुँदा १२ अर्ब ६४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । कात्तिकमा १ खर्ब ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको आयात गर्दा ९ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।  चालू आवको ५ महीनाको समग्र वैदेशिक व्यापार भने गतवर्षको सोही अवधिको तुलनामा ३ दशमलव ६४ प्रतिशतले कम हो । गत आवको मङ्सिरसम्ममा ७ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा यस वर्ष सोही अवधिमा ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँमा सीमित भएको छ ।  गत मङ्सिरसम्ममा ६३ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो पोहोरको तुलनामा ६ दशमलव शून्य ९ प्रतिशतले कम हो ।  राष्ट्र बैंकले बाह्य क्षेत्रको अवस्था सबल भएको भन्दै मौद्रिक नीतिको समीक्षा गर्दा ब्याजदरसमेत घटाइसकेको छ । त्यसपछि बैंकहरूले पनि ब्याजदर घटाएर कर्जा प्रवाहमा जोड दिइरहेका छन् ।  विदेशी मुद्राको सञ्चिति सहज भएपछि सरकारले आयात प्रतिबन्ध खुला गर्नुका साथै नेपाल राष्ट्र बैंकले समेत आफ्नो नीतिमा पुनरवलोकन गरेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालू आवको असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १० दशमलव २ प्रतिशतले बढेर २०८० कात्तिकमा १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । यो सञ्चिति १३ दशमलव ६ महीनाको वस्तु र ११ दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले बताएको छ ।  आयातनिर्यात घटेपछि व्यापारघाटा पनि घटेको छ । गतवर्षको ५ महीनामा ५ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा भएकोमा चालू वर्षको सोही अवधिमा ५ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ ।

चुनावले गर्दा आयात प्रतिबन्ध हटाउन ढिलाइ, नगद मार्जिनको व्यवस्था के हुन्छ ?

काम चलाउ सरकारको कारण आयातमा लगाइएको प्रतिबन्धको म्याद बढेको छ । सरोकारवाला निकायले आयात प्रतिबन्ध हटाउनु पर्ने सुझाव दिए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बढुसमेत चुनावका लागि निर्वाचन क्षेत्रमा खटिएका कारण आयात प्रतिबन्ध हटाउन ढिलाइ भएको हो ।विदेशी मुद्राको संचिति कम हुँदै गएको र शोधनान्तर स्थिति नियन्त्रण बाहिर जान लागेपछि नेपाल राष्ट्र बैंकको सुझावका आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ १३ गते राजपत्रमा सूचना प्रकाशित गरी केही वस्तुको आयात प्रतिबन्ध लगाए

बढ्यो विदेशी मुद्राको सञ्चिति, खुल्ला गाडी र मोबाइलमा लागेको आयात प्रतिबन्ध?

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आयात प्रतिबन्ध खुला गर्ने बाटो खुलेको छ। विदेशी मुद्राको सञ्चिति बढेसँगै मन्त्रालयलाई प्रतिबन्ध खुला गर्ने बाटो खुलेको हो। राष्ट्र बैंकको तथ्यांक अनुसार असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति छ। बैंकले मौद्रिक नीतिमार्फत प्रत्येक महिना ७ महिनाको…

आयात प्रतिबन्धले अटोमोबाइल क्षेत्र झनझन् संकटग्रस्त, 'आयात खोल्नुको विकल्प छैन'

काठमाडौं। आयात प्रतिबन्ध र राष्ट्र बैंकको कडाईले अटोमोबाइल क्षेत्र संकटग्रस्त भएको व्यवसायीले बताएका छन्। सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको

निजी गाडी आयात प्रतिबन्ध नलम्ब्याउन नाडाको माग

२४ असोज, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका कार, जीप, भ्यान र १५० सीसीभन्दा माथिका दुई पाङ्ग्रे सवारी साधन आयातमा गरिएको प्रतिबन्ध नलम्ब्याउन सरकारसँग माग गरेको छ । सरकार र नेपाल राष्ट्र बैंकको नीतिका कारण अटोमोबाइल्स क्षेत्र अत्यन्त कठिन परिस्थितिमा गुज्रिरहेको भन्दै नाडाले प्रतिबन्ध लम्ब्याउन नहुने बताएको छ । सरकारले विदेशी मुद्रा […]

विलासी वस्तु आयात प्रतिबन्ध थप लम्बिने

सरकारले विदेशी मुद्रा सञ्चितीमा परेको दबाब घटाउन विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले विदेशी मुद्रा सञ्चितीको दबाब घटेको देखिए पनि रुस तथा युक्रेनको युद्ध लम्बिएको तथा विश्वभर आपूिर्त श्रृंखलामा अझै सहजता नआएका कारण महँगी तथा अमेरिकी डलर दुवैको भाउ बढ्दै जाने आशंकाका बीच उद्योग, वाणिज्य तथा […]

विलासी वस्तु आयात प्रतिबन्ध थप लम्बिने

काठमाडौं । सरकारले विदेशी मुद्रा सञ्चितीमा परेको दबाब घटाउन विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले विदेशी मुद्रा सञ्चितीको युद्ध लम्बिएको तथा विश्वभर आपूर्ति श्रृंखलामा अझै सहजता नआएका कारण महँगी अमेरिकी डलर दुवैको भाउ बढ्दै जाने आशंकाका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासी वस्तुको आयात प्रतिबन्धलाई […]

प्रतिबन्ध लगाईएका सामाग्री आयात नगर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले प्रतिबन्धित वस्तुहरुको एलसी नखोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राष्ट्र बैंकको बैंकिङ्ग विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका “ख” वर्गका विकास बैंकहरु र अन्य निकायहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै केहि वस्तुको आयातमा प्रतिबन्ध लगाएकोले राष्ट्र बैंकले सोहि अनुसार गर्न अर्थात् प्रतिबन्धित सामग्री आयातको लागि एलसी नखोल्न निर्देशन दिएको हो । सरकारले साउन १ गतेदेखि लागु हुने गरि विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।  जस अनुसार १५० सिसी क्षमताभन्दा बढीका मोटरसाइल आयातमा प्रतिवन्ध लागेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले साउन १ गतेबाट १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइल आयातामा प्रवितन्ध लगाएको हो।उद्योग मन्त्रालयले वैशाख १३ गतेदेखि आयातमा लगाईएको प्रतिबन्धलाई परिमार्जन गर्ने प्रस्ताव गरेको हो । यसअघि वैशाख १४ गतेदेखि असार मसान्तसम्म २५० सीसीसम्मका मोटरसाइकलको आयात रोकिएको थियो । अब थप कडाई गर्दै सरकारले भदौं १४ गतेसम्म १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको हो । नयाँ आर्थिक वर्ष लागेपनि यसअघिकै नियमलाई निरन्तरता दिँदै सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानको आयात प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ । कुरकुरे, कुर्मुरे जस्ता खाद्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, तयारी मदिरा, हिरा, ३ सय डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा लगाईएको प्रतिबन्धले निरन्तरता पाएको छ ।

प्रतिबन्ध नलागेका सामानको एलसी खुल्ने

काठमाडौं । सरकारले आयातमा प्रतिबन्ध नलगाएका जुनसुकै सामान आयातका लागि बैंकहरूले प्रतितपत्र (एलसी) खोल्ने भएका छन् । सरकारले आयात गर्न नपाइने वस्तु तोकेपछि बाँकीको एलसी खोल्न सकिने नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताए । ‘सरकारले राजपत्रमा सूचना जारी गरेर १० किसिमका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ,’ उपाध्यायले भने, ‘राष्ट्र बैंकले पनि सोहीअनुसार सूचना जारी गरेपछि अन्य सामानको एलसी खोल्ने बाटो खुलेको छ ।’ बैंकहरूले आफ्नो तरलताको अवस्थाअनुसार एलसी खोल्न सक्ने उनले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राजपत्रमा सूचना जारी गरी १० प्रकारका सामान आयात असारसम्मका लागि रोकेको छ । सोही सूचना राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई जारी गरेको हो । उच्च आयातका कारण शोधनान्तर घाटा उच्च र विदेशी विनिमय सञ्चिति घट्दै गएपछि चैत २१ गते राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ)लाई बोलाएर विलासी सामान र गाडीको आयात एलसी नखोल्न निर्देशन दिएको थियो । त्यसपछि वाणिज्य बैंकका सीईओहरूको संगठन नेपाल बैंकर्स संघले समेत अत्यावश्यक बाहेकका सामानको आयात एलसी नखोल्ने अनौपचारिक निर्णय गरेको थियो । राष्ट्र बैंकको निर्देशन र बैंकर्स संघमा भएको भद्र सहमतिअनुसार एलसी खोल्न छाडेका बैंकहरूले अब प्रतिबन्ध नलागेका सामानको आयात एलसी खोल्न सक्नेछन् । ‘हिजो राष्ट्र बैंकको अपेक्षाअनुसार बैंकहरू जिम्मेवार भएर विलासी सामानको एलसी नखोल्ने सहमति गरिएको हो,’ अध्यक्ष उपाध्यायले भने, ‘अब सरकारले नै सामान तोकेपछि त्यसैअनुसार बैंकहरूले काम गर्न सक्छन् ।’ तर, राष्ट्र बैंकको निर्देशनलगत्तै केही बैंकहरूले गाडी आयातका लागि खोलेको एलसीका बारेमा भने केन्द्रीय बैंकको निर्देशनअनुसार हुने उपाध्यायले बताए । राष्ट्र बैंकले आयात निरुत्साहित गर्न मंसिरबाटै विभिन्न नीतिगत व्यवस्था लागू गर्दै आएको छ । मंसिर पहिलो साता चाँदी आयातका लागि विदेशी मुद्रा सटहीमा सीमा तोकेको केन्द्रीय बैंकले पुस पहिलो साता २० हार्मोनिक कोड अन्तर्गतका विलासी सामानको एलसी खोल्दा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्‍यो । माघ तेस्रो साता थप २७ हार्मोनिक कोडअन्तर्गतका सामान नगद मार्जिनको नियम लगायो । फागुन तेस्रो साता सुनको कोटा आधा घटाएर १० किलोमात्र आयात गर्न पाउने व्यवस्था गरेको छ ।